त्रिभुवन आर्मी र कीर्गिस यु २३ बीच मैत्रीपूर्ण फुटबल हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 324 पटक हेरिएको

विभागीय क्लब त्रिभुवन आर्मी क्लबले कीर्गिस्तानको यु २३ टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दै छ ।

यो खेल दिउँसो साढे ३ बजे दशरथ रंगशालामा शुरुहुने छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा काठमाडौंमा जारी त्रिदेशीय प्रतियोगिता खेल्नका लागि कीर्गिस्तानको टिम नेपाल आएको हो ।

समूह चरणबाटै बाहिरिएको कीर्गिस्तानको टिमले काठमाडौंमा रहँदा मैत्रीपूर्ण फुटबलको एप्रोच एन्फासँग गरेको थियो । त्यसैका आधारमा एन्फाले आर्मीसँगको प्रतिस्पर्धा तय गरेको जनाएको छ ।

कीर्गिस टिमले नेपालसँग गोलरहित बराबरी खेल्दा बंगलादेशसँग पराजित भएकाले फाइनलमा स्थान बनाउन सकेको थिएन । विभागीय क्लब त्रिभुवन आर्मीले एफसी कपको प्रारम्भिक चरणको छनोटका लागि तयारी गरिरहेको छ ।

यस्तो खेलले अभ्यासमा थप मद्दत पुग्ने आर्मीले जनाएको छ । आर्मी गत सिजनको ए डिभिजन लिग उपविजेता टिम पनि हो भने नेपालबाट उसँग मात्रै एफएफसी लाइसेन्स रहेकाले छनोट खेल्दै छ ।

आर्मीले आगामी अप्रिल सात तारिखमा श्रीलंका पुलिससँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ । आर्मी र कीर्गिस्तानबीचको खेल हेर्नका लागि भने रंगशालामा कुनै शुल्क नलाग्ने पनि एन्फाले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal