भारत र इंग्ल्याण्ड एक दिवसीय सिरिजका लागि ‘गर या मर’ को अवस्थामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 472 पटक हेरिएको

भारत र इंग्ल्याण्डबीचको तेस्रो तथा निर्णाएक एक दिवसीय क्रिकेट प्रतियोगिता आइतबार हुँदै छ । तीन म्याचको सिरिजमा दुवै टिमले एक एक खेल जितेपछि सिरिजको छिनोफानो अन्तिम एक दिवसीयबाट हुने छ ।

अहिलेको अवस्थामा सिरिज जित्नका लागि भारत र इंग्ल्याण्ड दुवै टिम ‘गर या मर’को अवस्थामा छन् । पछिल्लो खेलमा भारतले दिएको ३३७ रनको लक्ष्य इंग्ल्याण्डले ६ विकेटले जित दर्ता गर्दा ३९ बल बाँकी नै राखेको थियो । सोही नतिजाका कारण इंग्ल्याण्ड टिमको मनोबल पनि उच्च रहेको छ ।

भारतीय कप्तान विराट कोलहीले दुवै एक दिवसीइमा अर्धशतक बनाउँदा केएल राहुलले एउटामा अर्धशतक र अर्कोमा शतक प्रहार गरेका थिए । यसैगरी अर्का खेलाडी ऋषभ पन्तको पनि विस्फोटक पारि विर्सन केही समय अझैं लाग्ने छ ।

व्याटिङमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेकाले सिरिज जित्नका लागि बलिङको भूमिका निकै नै महत्वपूर्ण हुने छ । कागजमा दुवै टिम राम्रो भए पनि राम्रो खेल्ने टिमले सिरिजमाथि कब्जा जमाउने छ ।

भारतीय टिम

शिखर धवन, रोहित शर्मा, विराट कोहली (कप्तान), ऋषभ पंत, केएल राहुल (विकेटकीपर), हार्दिक पांड्या, क्रुणाल पांड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेंद्र चहलरकुलदीप यादव र प्रसिद्ध कृष्णा ।

इंग्ल्याण्ड टिम
जेसन रॉय, जॉनी बेयरस्टो, लियाम लिविंगस्टोन, डेविड मलान, बेन स्टोक्स, जोस बटलर (कप्तान), मोईन अली, सैम करन, आदिल राशिद, मार्क वुडरटॉम करन, रीस टॉपली।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey