धाैलागिरी, डेभिस फल विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 480 पटक हेरिएको

चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालाको सहयोगका लागि पोखरामा जारी क्रिकेट प्रतियोगिताको दोस्रो दिन पाँच खेल भएका छन ।

मालेपाटन क्रिकेट क्लवको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन डेभिस फल क्रिकेट क्लवले विरगञ्ज क्रिकेट क्लवलाई २३ रनले हरायो ।

पहिले ब्याटिङ गरेको डेभिसफलले १२ ओभरमा तीन विकेट गुमाउँदै एक सय तीन रन बनायो । जवाफमा विरगञ्ज ८० रनमा अलआउट भयो ।

अर्को खेलमा राइजिङ स्टार्सले जाइन्ट हिटर्सलाई ५३ रनले हरायो । पहिले ब्याटिङ गरेको राइजिङ स्टार्सले एक सय ४९ रन बनायो । जवाफमा जाइन्ट हिटर्सले नौ विकेट गुमाउँदा ९६ रनमा रोकियो ।

तेस्रो खेलमा खुदी ब्लास्टर्सलाई टिम बैदामले नौ विकेटले हरायो । पहिले ब्याटिङ गरेको खुदी ब्लास्टर्सले ६४ रन बनायो । जवाफमा टिम बैदामले एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

अर्को खेलमा पोखरा किंग्स ११ ले फ्रेन्डसिप क्रिकेट क्लवर्ला ४० रनले हरायो । पहिले ब्याटिङ गरेको पोखरा किंग्सले तीन विकेट गुमाउँदै एक सय ५८ रन बनाएको थियो । जवाफमा फ्रेन्डसिपले नौ विकेट गुमाउँदा एक सय १८ रनमात्र बनायो ।

दोस्रो दिनको अन्तिम खेलमा नभसिर्जनसिल युवा क्लव धौलागिरी क्रिकेट क्लवसँग ६ विकेटले पराजित भयो । नवसिर्जनसिले पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर ९५ रन बनाएको थियो । जवाफमा धौलागिरीले चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey