सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सले उचाल्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 677 पटक हेरिएको

सप्तरी प्रिमियर लिगको उपाधि खडक वारियर्सले जितेको छ।

राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले रुपनी राईडर्सलाई एक रनले पराजित गर्यो।

टस जितेर ब्याटिंङ गरेकाे खडक वारियर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा एक सय ४६ रन बनायाे ।

वारियर्सको लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए यस्तै अनिल शाहले २९ रन, कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहानीले अविजित १३ रन बनाए।

पहिलो विकेटको लागि अनिल र निरजले ५८ रनको साझेदारी गरेका थिए।

रुपनी राईडर्सको बलिंगमा दायाँ हाते फास्ट बलर अनिल यादवले सर्वाधिक ३ विकेट लिए । सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।

बजाज खडक वारियर्सले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो।

रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए । सुनिल धमलाले २३ रन, अमित यादवले १९ रन तथा कुशल भुर्तेलले १५ रन बनाए।

बजाज खडक वारियर्सको बलिंगमा अनिल खरेल र गोमानंद अमात्यले समान ३ विकेट लिए। उपाधि सहित बजाज खडक वारियर्सले ३ लाख रुपैयाँ हात पार्यो। यस्तै रुपनी राईडर्सले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी बजाज खडक वारियर्सका अनिल कुमार शाह चुनिए जसले २५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै ५ खेलमा कुल ३३४ रन बनाए। प्रतियोगिताकै उत्कृस्ट बलर बिशाल सुश्लिंग र उत्कृस्ट ब्याट्सम्यान अनिल शाह चुनिए जसले रु. १५ हजार प्राप्त गरे। विशालले प्रतियोगितामा ४ खेलमा ९ विकेट लिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal