महिला टी २० च्याम्पियनसिप क्रिकेटका लागि ललितपुरकाे टिम घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 201 पटक हेरिएको

आगामी २१ गतेदेखि शुरुहुने ललितपुर महिला च्याम्पियनसिप टी २० क्रिकेटका लागि ललितपुर महानगरपालिकाको टिम घोषणा गरिएको छ ।

दाङको लमहीमा भएको पीएम कप महिला टी २० प्रतियोगिताका सेमिफाइनल पुगेका चार टिम बाहेक अन्य उत्कृष्ट खेलाडीलाई समावेश गरेर ललितपुरको टिम १४ सदस्यीय टिम घोषणा गरिएको हो ।

उक्त टिमको कप्तानीको जिम्मा भने सरस्वती चौधरीलाई दिइएको छ ।

यसैगरी अनुराधा चौधरी, कविता गौतम, सोभा आले, विमला मगर, विन्दू कटुवाल र सुमन खतिवडा पनि ललितपुरको टिममा रहेकी छिन् ।

यस्तै कन्चन श्रेष्ठ, आरती विडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल एलिसा लामिछाने र निशा पराजुली रहेका छन् ।

ललितपुर महानगरपालिकाकाे आर्थिक सहयाेग र नेपाल क्रिकेट संघ क्यानकाे आयाेजनामा हुन लागेकाे प्रतियाेगितामा ५ टिमकाे सहभागीता रहेकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey