त्रिदेशीय फुटबल : नेपाललाई फाइनल पुग्ने अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 259 पटक हेरिएको

राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा शनिबार नेपाल र बंगलादेशबीच प्रतिस्पार्धा हुँदै छ । यो सँगै नेपाली राष्ट्रिय टिमले झण्डै ६ बर्ष पछि दशरथ रंगशालामा खेल्ने छ ।

२०७२ सालको महाभूकम्प पछि यो मैदान क्षतिग्रस्त भएकाले प्रतियोगिताहरु हुन सकेका थिएनन् । यसबीचमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना भए पनि नेपाली सिनियर टिमले खेलेको थिएन ।

यही मैदानमा नेपालको यु २३ टिमले स्वर्ण पदक भने जित्न सफल भएको थियो । सिनियर टिमले यसअघि कीर्गिस्तानसँग पहिलो खेल खेले पनि त्यो खेललाई फिफाले अन्तर्राष्ट्रिय मान्यता दिएको थिएन । कारण कीर्गिस्तानको यु २३ टिम भएकाले ।

पहिलो खेलमा कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले शनिबार जित वा बराबरीले सोमबार हुने फाइनलमा स्थान बनाउने छ । बंगलादेशले भने यसअघि नै फाइनलमा सुरक्षित गरिसकेका छन् । शनिबारको खेलमा नेपालले कीर्गिस्तानको भन्दा उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

डिफेन्स र पासिङमा नेपालको खेल अब्बल थियो तर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालले कर्गिस्तानको पोस्टमा एक गोल पनि गर्न सकेन ।

फुटबलमा नेपालभन्दा पछि रहे पनि बंगलादेशको खेल भने पहिलेभन्दा सुधार भएको भएको छ । त्रिदेशीय लिगमा पहिलो खेलमा बंगलोदेशले किर्गिस्तानबिरुद्ध १–० को उपाहार जित पाएको थियो । जसमा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए ।

नेपाली टिमका मुख्य प्रशिक्षक महर्जनले किर्गिस्तानबिरुद्धको खेलमा भएका गल्तिलाई नदोहोय्राउने योजनामा आफु रहेको बताएका छन् । उनले बंगलादेशरिुद्ध पनि अट्याकिङ फम्र्याटमा नै खेल्ने र मुख्य लक्ष्य जितका साथ फाइनलमा स्थान बनाउने रहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal