भारतविरुद्ध इंग्ल्याण्ड विजयी, सिरिजिको छिनोफानो अन्तिम खेलबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 260 पटक हेरिएको

भारतविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकाल्दै इंग्ल्याण्डले सिरिज एक एकको बराबरीमा ल्याएको छ । तीन म्याचको सिरिजको छिनोफानो अब अन्तिम एक दिवसीयबाटमात्रै टुंगो लाग्ने भएको हो ।

पुणेमा भारतले दिएको ३३७ रनको लक्ष्य इंग्ल्याण्डले ३९ बल बाँकी छदैं ४ विकेट गुमाएर पुरा गरे । इंग्ल्याण्डलाई जिताउन जोनी वेरिस्टोले शतकीय पारि खेल्दा बेन स्टोक्स र जोसन रोयले अर्धशतकीय पारि खेले ।

पहिलो विकेटका लागि रोय र वेरिस्टोले ११० रनको साझेदारी गर्दै बलियो शुरुवात दिलाएका थिए । रोय ५५ रन बनाएर आउट हुन पुगे । बेरिस्टो र स्टोक्सले १७५ रनको साझेदारी गर्दै इंग्ल्याण्डको पक्षमा खेल ल्याएका थिए ।

स्टोक्स शतकबाट एक रन पछि रहे । उनलाई भुवनेश्वर कुमारले निराश बनाउँदै पभेलियनको बाटो देखाए । लगत्तै शतकीय पारि खेलेका वेरिस्टो पनि आउट हुन पुगे । वेरिस्टोले ११२ बल फेस गर्दा ७ छक्का र ११ चौका प्रहार गर्दै १२४ रन बनाए । इंग्ल्याण्डका लागि लियम लिभिङस्टोन २७ तथा डेभिड मलान १६ रनमा नटआउट रहे ।

भारतका प्रसिद्ध कृष्णले दुई विकेट लिँदा भुवनेश्वर कुमारले एक विकेट हात पारेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ३६ रन बनाएको थियो । भारतका लागि लोकेश राहुल (केएल)ले शतकीय पारी खेले ।

राम्रो सुरुवात गर्न नसकेको भारतले नौ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर शिखर धवन मात्र चार रनमा आउट भएका थिए । त्यसपछि रोहित शर्मा पनि ब्यक्तिगत २५ रनमा पेभेलियन फर्किएपछि भारतले ३७ रनमा दोस्रो विकेट गुमायो ।
तेस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलले एक सय २१ रनको साझेदारी गरेपछि टिम बलियो स्थितिमा पुगेको थियो । जसमा कोहलीले ६६ रनको योगदान गरे ।

त्यसपछि क्रिजमा आएका ऋषभ पन्तले पनि राहुलसँग अर्को शतकीय साझेदारी गरे । जसमा राहुलले एक सय आठ रन बनाए भने पन्तले ७७ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्याले ३५ तथा कुर्नाले १२ रन बनाए । इंग्ल्याण्डका रिकी टोपले र टम कुरानले दुई दुई विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal