धरान गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका फुटबलको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 342 पटक हेरिएको

धरान उप महानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

जिपि फाउन्डेसनप्रदेश १ खेलकुद विभागको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिका माथि २–० गोलको जित निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो ।

धरानको जितमा एन्सन राइ र मिलन लिम्बुले एक एक गोल गरे । राइले खेलको ५१ औ मिनेटमा गोल गरे भने लिम्बुले खेलको ८३ औ मिनेटमा गोल गरे । उक्तखेलको म्यानअफ द म्याच धरानका एन्सन राई घोषित भए ।

शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच हुने आयोजक समितिका अध्यक्ष सुर्य राइले जानकारी दिए ।

इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन ।

चैत २१ गतेसम्म चल्ने प्रतियोगितामा२५ लाख अनुमानित खर्च हुने बताइएको छ । प्रतियोगिताको बिहिबार काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्धघाटन गरेपनि बिहिबारको खेल समय अभावका कारण स्थगित भएपछी प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey