बागमती गोल्डकपमा सिमराको विजयी शुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 341 पटक हेरिएको

दिक्षान्स खड्का ।

चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ ।

बागमती–८ जनता माबिको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकलाई ३–१ गोल अन्तरले हराउदै सिमराले बिजयी सुरुवात गरेको हो ।

सिमराको जितमा दोस्रो हाफको १६ र २३ औं मिनेटमा एलोन राइले दुई गोल गरे । त्यस्तै थप एक गोल भने सुशान्त तामाङले २८ औं मिनेटमा गरे । आयोजकका तर्फबाट उमेश लोप्चनले दोस्रो हाफको ३० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता लिएका थिए । तर आयोजकको लागि १ गोल मै चित्त बुझाउन पर्यो ।

खेलको म्यान अफ दि म्याच एलोन राई घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत १५ गते आइतबारको खेल रिगल हेटौंडा रिसोर्ट र एपिएफ काठमाडौबीच हुने आयोजकले जनाएको छ ।

खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र ) स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा (प्रभाकर)ले गरेका हुन् । फाइनल खेल चैत २३ गते हुनेछ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगितामा उद्घाटन खेलमा करिब ५ हजार जनाले खेलको अवलोकन गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०-१० हजार, म्यान अफ दि म्याचलाई प्रति खेलाडी ५-५ हजार प्रदान गरिने छ ।

नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको छ । प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको खेलकुद बिकास समितीका अध्यक्ष भिम राइले बताए ।

तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey