‘बंगलादेशबिरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउनु नै मुख्य लक्ष्य’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 242 पटक हेरिएको

नेप्लेज । त्रिदेशीय फुटबल लिगमा भोली नेपालले बंगलादेशसँग खेल्दैछ । आफ्नै घरेलु मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानको यु–२३ ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको नेपालको लक्ष्य बंगलादेशबिरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउने रहेको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् ।

नेप्लेज डट कमसँग बोल्दै उनले किर्गिस्तानबिरुद्धको खेलमा भएका गल्ति नदोहोरियोस भन्नका लागि आफुले खेलाडीहरुलाई सुझाव दिइसकेको बताए ।

‘हिजोको खेलमा हामी गोल गर्न चुकेका नै हौँ,अट्याकिङमा हिजोको खेलमा जस्तै समस्या नहोस भन्ने हिसाबले मैले खेलाडीहरुलाई बिहान सुझाव दिएको छु र अट्याकिङमा फोकस गर्ने हिसाबले टिम फर्मेसनमा ध्यान दिएको छु’ प्रशिक्षक महर्जनले भने ।

बंगालदेश टिमको बारेमा बोल्दै उनले ढाकामा नोभेम्बरमा खेलेको बंगलादेश टिम र अहिलेको टिममा केही फरक रहेको र साग खेल लगायतका खेलमा पनि नेपालले बंगलादेशलाई पराजित गर्दै आएकाले कन्फिडेन्स उच्च रहेको बताए ।

खेलाडीहरुले आफ्नो स्तरबाट उत्कृष्ट खेलेको र आफुले पनि आफुले सकेजस्तो प्रयास गरेको भन्दै आफुमाथि धेरै दबाब नदेखेको उनले बताए ।

बंगलादेशको पहिलो खेललाई मध्यनजर गर्दै भोलिको खेलमा पनि अट्याकिङलाई प्राथमिकता दिने योजनामा आफु रहेको उनले सुनाए ।

‘बंगलादेशबिरुद्धको नतिजाले फिफा वरियतामा पनि प्रभाव पार्ने भएकाले तलमाथि गर्ने कुरा भएन,त्यसलाई पनि मध्यनजर गर्दै अट्याकिङ फम्र्याटमा खेल्छौँ’ उनले आफ्नो योजनाबारे भने ।

हामी तिन अंकको लागि खेल्छौँ कि १ अंकको लागि खेल्छौँ  भन्ने हाम्रो प्रश्नमा उनले ‘हामी खेल्न त ३ अंकको लागि नै खेल्छौँ तर १ अंकको लागि नै सन्तुष्ट हुनुपर्ने पनि हुनसक्छ तर लक्ष्य भनेको फाइनलमा स्थान बनाउनु नै हो’ भन्ने जवाफ दिए ।

साथै उनले टिममा उत्कृष्ट भुमिका निभाउन सक्ने खेलाडीलाई स्थान दिइएको र यसमा सिनियर र जुनियर भन्ने नहुने तर्क राखे । सिनियर खेलाडी वा प्रशिक्षकलाई सम्मान गरिने तर खेलको मामिलामा सिनियर भन्दैमा कम्प्रमाइज नहुने पनि उनले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey