Mega Bank

स्टार सिटीले एक खेल अगाडी नै प्रेसिडेन्ट लिग च्याम्पियन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 148 पटक हेरिएको

नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिगको उपाधि स्टार सिटी युवा क्लव कैलालीले जित्ने पक्का भएको छ । उसले एक खेल अगाडी नै मैदान बाहिर रहेर लिगको उपाधि पक्का गरेको हो । यसका लागि मनकामना युवा क्लवले पनि साथ दियो ।

नेपालगञ्ज रंगशालामा भएको खेलमा मनकामना युवा क्लव रौतहटले त्रिवेणी युवा क्लवलाई दुई एकले हराएपछि स्टार सिटीले एक खेल अगाडी नै उपाधि पक्का गरेको हो ।

मनकामनाका लागि खेलको नवौं मिनेटमा शुवन बस्नेतको गोलमा मनकामनाले अग्रता बनाएको थियो । तर २९ औं मिनेटमा अभिशेख लिम्बुले गोल गर्दै त्रिवेणीलाई एक एक गोलको अवस्थामा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५८ औं मिनेटमा शुवनले नै ब्यक्तिगत दोस्रो गोल गरेपछि मनकामनाले दुई एकको जित निकाल्यो ।

उपाधि जित्नका लागि यो खेल जित्नैपर्ने दबावका विच त्रिवेणी पराजित भएपछि स्टार सिटीले सहजै उपाधि आफ्नो पक्षमा पार्यो । लिगको शिर्ष स्थानमा रहेको स्टारले अन्तिम खेलमा त्रिवेणीसँग खेल्नुपर्ने छ । तर त्यो खेलको नतिजा अब औपचारिकतामात्र हुनेछ ।

भर्खरै

Advertisement