Prabhu Bank

फुटबल भनेपछि केहिले रोक्दैन नेपाली समर्थकलाई, चाहे त्यो कोरोनाको त्रास नै किन नहोस !

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 12 पटक हेरिएको

नेप्लेज । फुटबलमा दर्शकलाई १२ औं खेलाडीका रुपमा लिइन्छ । दर्शकविनाको खेलमा खेलाडीलाई खेल्न जति खल्लो हुन्छ हेर्नपनि त्यति नै असह्य हुन्छ । फुटबल खेल प्रख्यात हुनुको मुख्य कारण भनेको फुटबल प्रति समर्थकको प्रगाढ प्रेम नै हो । विश्वका धेरै देशका समर्थकहरु आफ्नो देशको खेल भनेपछि मरिहत्ते गर्छन् । त्यो नेपालको हकमा पनि लागु हुन्छ । विहिबार नेपाल र किर्गिस्तानविचको खेलका बेला मैदानमा देखिएको दर्शकको भिडले नेपालमा फुटबलको क्रेज अझैपनि उस्तै छ भन्ने प्रष्ट भएको थियो ।

अनलाईनको माध्यमबाट टिकट विक्रि गरेपनि खेल हेर्नका लागि दर्शकले मैदान बाहिर पुगेर नै टिकट खरिद गरेका थिए । जसका लागि लामो लाइन नै थियो । इतिहासदेखि नै नेपाली फुटबल टिमले भलै ठुला अन्तराष्ट्रिय प्रतियोगितामा स्थान बनाउन सकेका छैनन् तर दर्शकको माया भने भरपुर पाएका छन् । लामो समयपछि, त्रिदेशीय फुटबल प्रतियोगिताको रुपमा फुटबल फेरी एकपटक नेपाली घरेलु मैदान ‘दशरथ रंगशाला’मा फर्कियो । त्यसभन्दा अघि विश्वकप छनोटका खेलहरु हुने तालिका रहेपनि कोरोना महामारिका कारण उक्त प्रतियोगिताहरु सरेका थिए । १३ औँ दक्षिण एशियाली खेलकुद(साग) पछि पहिलोपटक नेपाली टिमले बिहिबार किर्गिस्ताबिरुद्ध आफ्नै मैदानमा खेल्ने मौका पायो ।

जसमा खेलाडीहरुलाई हौसला दिनका लागि नेपाली फुटबल समर्थकहरु रंगशाला आइपुगेका थिए । १२ हजार दर्शकलाई रंगशाला प्रवेश गराउने लक्ष्य राखेको एन्फाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ८ हजार मात्र टिकट बिक्री गर्ने निर्णय लिएको थियो तर खेलका दौरान रंगशालामा आधा पनि दर्शक उपस्थित भएनन् । तर जति दर्शक उपस्थित भए रंगशालमा ‘नेपाल’ को नाममा नारा लगाउन पर्याप्त थियो ।

नेपाली झण्डा र पम्पलेटसहित उपस्थित भएका दर्शककले खेलको शुरुवातदेखी नै नेपालको पक्षमा कराउन शुरु गरेका थिए । नेपालको राष्ट्रियगान बजेपछि रंगशालाको माहोल परिवर्तन भएको थियो । संख्यामा कम रहेपनि दर्शकको आवाजले रंगशाला गुञ्जिएको थियो । नेपाली खेलाडीको खुट्टामा बल पुग्दा चर्को आवाज सुनिन्थ्यो भने नेपाली पोस्टनजिक विपक्षीको बल पुग्दा एक दर्शकमा एक किसिमको डर पैदा भएझैँ महसुस हुन्थ्यो ।

यतिमात्र हैन विपक्षी खेलाडी घाइते भएर मैदान छाड्दै गर्दा नेपाली दर्शकले ताली बझाउँदै एक फुटबल समर्थकमा हुनुपर्ने गुण प्रस्तुत गरेका थिए । मैदानमा प्रवेश नगरेका तर दशरथ रंगशालाको बाहिरी गेटमा झुण्डिएर खेल हेरीरहेका केही समर्थकहरुको आवाजले समर्थनका लागि मैदानमा नै उपस्थित हुनु पर्दैन भन्ने शन्देश दिन्थ्यो ।

नेपाली खेलाडीहरुले किर्गिस्तानबिरुद्ध उत्कृष्ट प्रदर्शन गरे । पासिङ र डिफेन्समा मजबुत देखिएको नेपाली टिमको मुख्य कमजोरी गोल गर्न नसक्नु नै थियो । स्ट्राइकरहरु बारम्बारको मौकामा चुक्दा नेपाली टिम किर्गिस्तानसँग गोलरहित बराबरीमा नै चित बुझाउन बाध्य भयो । तरपनि पुरै खेल हेरेर फर्किएका दर्शक भन्दै थिए, नेपालले राम्रो खेलेकै हो, तर के गर्नु गोल पो गर्न सकेनन् ।

नेपालले के कारणले गाेल गर्न सकेन हेराै याे भिडियाे रिपाेर्ट

भर्खरै

Advertisement