खड्क वारियर्सकाे जितकाे यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 286 पटक हेरिएको

सप्तरी प्रिमियर लिग क्रिकेटमा खड्क वारियर्सले आफ्नो जितको यात्रालाई कायम राखेको छ । उसले आज भएको खेलमा किंग्स राजविराजलाई २७ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो । उत्कृष्ट सुरुवात गरेका उसले पहिलो विकेटका लागि एक सय १४ रनको साझेदारी गरेको थियो । जसमा निरज यादव ३२ रन बनाएर आउट भए ।

त्यसपछि अर्का ओपनर अनिल शा ब्यक्तिगत ७० रनमा आउट भएपछि उसले एक सय १६ रनमा दोस्रो विकेट गुमायो । लगातार दुई खेलमा शतक प्रहार गरेका अनिलले ४९ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यसपछि विवेक यादवले ३७ रनको योगदान गरे ।

जवाफमा किंग्स राजविराज २० ओभरमा सात विकेट गुमाउँदा एक सय ५४ रनमा रोकियो । उसका लािग सुरजप्रशाद कुर्मीले ३६ रन बनाए भने रोविन सिंहले ५१ तथा प्रशान्त सिंहले २४ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey