अम्पायर स्व. सुनिल ढुंगानाको परिवारलाई एनसीएसएसको आर्थिक सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 420 पटक हेरिएको

भु.पु राष्ट्रिय खेलाडी, अम्पाएर अनि रुपन्देही जिल्ला क्रिकेट सङका पुर्ब पदाधिकारी समेत रहेका सुनिल ढुंगानाको गत पुषमा अकस्मात निधन पछि उहाको पारिवारिक आर्थिक अबस्था साथै पत्नी र सुपुत्रको भबिष्यलाई मध्यनजर गर्दै नेपाली क्रिकेट समर्थक समाज ले संचालन गरेको सहयोग संकलन अभियानबाट संकलित रकम हस्तान्तरण गरेको छ ।

समर्थक समाजले स्व. ढुङ्गानाको परिवारलाई दुई लाख १२ हजार रुपैया आर्थिक सहयोग गरेको हो । पहिलो चरणमा उहाको धर्मपत्नी लक्ष्मी ढुङ्गाना र सुपुत्र सुलभ ढुङ्गानालाई रु १ लाख हस्तान्तरण गरिसकिएको थियो भने आज दोस्रो चरणमा बाकी रहेको रु १ लाख १२ हजार रुपैया केन्द्रिय कोषाध्यक्ष अच्युत पाण्डे , सहसचिब मोहन ज्ञावली र केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरु उहाको निवासस्थान मै पुगि रकम हस्तान्तरण गर्नु भएको हो ।

स्व. ढुङ्गानाको धर्मपत्नी लक्ष्मी ढुङ्गानाले यस सहयोग अभियानमा देश तथा बिदेशमा रहेका आम समर्थक , क्रिकेट सङ आबद्द थुपै सरोकारबाला ब्यक्तित्वहरु जोडिएकोमा खुसी ब्यक्त गर्दै ती सम्पुर्ण सहयोगी मनहरु र नेपाली क्रिकेट समर्थक समाज ( NCSS ) लाई धन्यवाद ब्यक्त गर्नु भएको छ । रकम हस्तान्तरण गर्ने क्रममा सस्थाको तर्फबाट बोल्दै सहसचिब मोहन ज्ञवालीले क्रिकेट क्षेत्रमा लागेर सुनिल सरले धन नकमाए पनि थुप्रैको मन भने कमाउनु भएको हुदा अभियान सफल भएको बताउनु भएको छ । नेपाली क्रिकेट समर्थक समाजले आगामी दिनमा समेत क्रिकेटमै आफ्नो जीवन समर्पित गरेर अफ्ट्यारो पर्दा खेलाडी , पदाधिकारी लगायतलाई सक्दो सहयोग गर्न पछाडि नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

रुपन्देहीको स्थानिय क्रिकेटमा महत्वपुर्ण योगदान पुर्याएका स्व. ढुंगानाको गत पुस ७ गते ६३ बर्षको उमेरमा घरैमा लडि टाउकोमा चोट लागेपछि अस्पताल पुर्याउने क्रमका निधन भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey