स्ट्राइकर चुक्दा गाेल हुन सकेन-बालगाेपाल महर्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 342 पटक हेरिएको

किर्गिस्तानको खेलको अघिल्लो दिन तीन अंकका लागि खेल्ने र टिमले पछिल्लो तीन महिनादेखि प्रशिक्षणमा रहेकोले आफ्नो टोलीले ढुक्कसँग जित्ने दावी गरेका प्रशिक्षक बालगोपाल महर्जनले आजको खेलपछि गोलको धेरै अवसर आएको तर चुकेको बताएका छन ।

नेपालले गोलरहित बराबरी खेलेपनि खेलाडीको खेलबाट भने आफु सन्तुष्ट रहेको बताए ।

प्रशिक्षक बालगोपालले  भने नेपालले एक दर्जन भन्दा बढि मौका पाएको खेलमा गोल हुन नसकेपनि आफु  खेलबाट खुसी रहेको र भएका केहि कमजोरीलाई अर्को खेलमा सुधार्ने बताए ।

उनले खेलमा स्ट्राइकर चुक्दा गोल गर्नबाट बञ्चित भएको धारणा राखे ।

खेलमा टिमले क्षमता अनुसार नै खेलेको तर अन्तिममा स्कोर नहुँदा केहि खल्लो लागेको बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal