सिटी स्टारको प्रेसिडेन्ट लिगकाे शिर्ष स्थानमा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 354 पटक हेरिएको

स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहिबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ ।

नेपालगन्ज रंगशालमा भएको एकतर्फ खेलमा स्टारका लागि रुप बहादुर लामाले व्यक्तिगत स्र्वाधिक ५ गोल गरे । म्यान अफ द म्याच रुप बहादुरले ३६, ५५,६५,८२ र ८६ औ मिनेटमा गोल गरे ।

टोप बहादुर विष्टले ६६औं र ऋतिक खड्काले ९१औं मिनेटमा गोल गरेका थिए । लेकालीका लागि रोशन रानामगरले ९ औं मिनेटमा एक गोल गरेका थिए । खेलमा सर्वाधिक गोल गर्ने रुप बहादुर लामालाई लुम्बिनी प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष अजितराज भण्डारीले पुरस्कृत गरे ।

जितसँगैं स्टार सिटी १३ अंक सहित लिग अंक तालिकको शिर्ष स्थानमा छ । स्टारले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । तालिकाको पुछारमा रहेको लेकालीले ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा हारको सामना गर्दै १ अंक मात्र जोड्न सकेको छ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal