Mega Bank

किर्गिस्तानसँग नेपाल पहिलाे हाफमा गाेलरहित बराबरी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 65 पटक हेरिएको

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले अहिले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सकिँदा नेपालले गोलरहित बराबरी खेलेको छ । त्यसो त नेपालले पहिलो हाफमा किर्गिज टिमलाई दबावमा राखेको थियो ।

खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको हेडरको प्रयास फ्रेमको नजिकबाट बाहिरीयो ।

आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।

१० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरीयो ।

१४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो । जसका कारण नेपाली दर्शक चुकचुकाउन पुगे ।

२२ औं मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरीयो ।

२९ औं मिनेटमा सञ्जोक राईले डिबक्समा मिलाएको बललाई अभिशेख रिजालको उत्कृष्ट प्रहार बाहिरीन पुग्यो ।

३१ औं मिनेटमा रजिन धिमालको फ्रिकिकमा अञ्जन विष्टको हेडर किर्गिज टिमका गोलकिपरले बचाए ।

३४ औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले गरेको प्रहार फ्रेमको नजिकैबाट बाहिरीयो ।

४३ औं मिनेटमा किर्गिस्तानको टिमको टिमको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेल्यो ।

 

भर्खरै

Advertisement