नेपालमा त्रिकाेणात्मक क्रिकेट सिरिज हुने, काेराेनाका कारण क्यान पर्ख र हेरकाे अवस्थामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 506 पटक हेरिएको

घरेलु मैदानमा नेपाल, मलेसिया र नेदरल्यान्डबीच त्रिकोणात्मक क्रिकेट शृङ्खला हुने पक्का भइसकेपनि काेराेना फेरी बाधक बनेकाे छ । पछिल्लाे पटक नेपालमा पनि काेराेनाकाे संक्रमण दर बढेकाले क्यानले हतारमा याे सिरिजकाे अाधिकारीक धारणा सार्वजनिक गर्न सकेकाे छैन ।

क्यानका एक उच्च पदाधिकारीले सबैकुरा फाइनल भइसकेकाे भएपनि पछिल्लाे पटक नेपालमा बढिरहेकाे काेराेनाकाे प्रभावले प्रतियाेगिताकाे घाेषणा गर्न केहि कुरिरहेकाे बताए । साथै उनले चाँडै अाधिकारीक धारणा क्यानले बताउने समेत बताए । नाम नखाेल्ने सर्तमा उनले सिरिज त्रिवि क्रिकेट मेदानमा तीन देशबीचको खेल अप्रिल १७ देखि २४ सम्म हुने बताए ।

साथै उनले याे प्रतियाेगिताका लागि मैदानमा दर्शक राख्ने नराख्रे भन्ने पनि अन्याल रहेकाे बताए । प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा हुनेछ । प्रत्यक टोलीले दुई–दुई टी–ट्वान्टी खेल खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

आईसीसी डिभिजन–२ का खेलहरु नहुने भएपछि क्यानले त्रिकोणात्मक क्रिकेट गर्न लागेको हो । यसका लागि मलेसिया र नेदरल्याण्ड्स नेपाल अाउन तयार छन । कोरोना कहरपछि नेपालमा हुन लागेको यो ठूलो प्रतियोगिता हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal