धरान ओपन गल्फमा भुवनकाे एकल अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 378 पटक हेरिएको

धरान ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन भुवन नगरकोटीले एकल अग्रता बनाएका छन ।

शूर्य नेपाल गल्फ टुर अन्तर्गतको यो प्रतियोगितामा भुवनले दोस्रो दिन एक अन्डर ६९ स्कोरकार्ड खेल्दै कुल चार अन्डर एक सय ३६ को स्कोरकार्ड खेले । उनले स्थानीय खेलाडी शुक्रबहादुर राई र निरज तामाङ भन्दा एक स्टोकको अग्रता बनाएका छन ।

शुक्रले तीन अन्डर ६७ स्कोरकार्ड खेले भने निरजले इभन पार ७० को स्कोरकार्ड खेले ।

सञ्जय लामाले दोस्रो दिन एक अन्डर ६९ को स्कोरकोर्ड खेल्दै कुल एक ओभर एक सय ४१ स्कोरमा छन ।

भुवनले फ्रन्ट नाइनमा एक अन्डर ३५ को स्कोरकार्ड खेलेका थिए । जसमा पहिलो र तेस्रो होलमा बर्डि हानेका थिए भने १० औं होलमा बोगी खेलेका थिए ।

ब्याक नाइनमा उनले १३ औं होलमा बर्डी, र १५ औंमा बोगी खेलेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey