चेन्नेई भित्र्यायाे अफगानी युवा बलर फारूकी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 302 पटक हेरिएको

इन्डियन प्रिमियर लिग टिम चेन्नेई सुपर किंग्सले अफगानिस्तानी तिब्र गतिका बलर फजलहक फारुकीलाई अनुबन्ध गरेको छ ।

आइपीएलको मिती नजिकिदै गर्दा फारुकीलाई चेन्नेईले भित्र्याएको हो । २० बर्षे फारुकीले जिम्बावेविरुद्धको सिरिजमा अफगानिस्तान टिममा डेब्यु गरेका थिए ।

चेन्नेईमा अनुबन्ध भएपछि उनी मुम्बई उडेका छन । उनले त्यहाँ पुगेर सात दिनको क्वारेन्टिनको समय विताउने छन । त्यसपछि उनको रिपोर्ट नेगेटिभ आएमा टिममा समावेश हुनेछन ।

चेन्नेई टिमपनि आइपीएलको तयारीका लागि मुम्बई पुगेर क्वारेन्टिनमा रहेको छ । पछिल्लो पटक महाराष्ट्र प्रदेशमा कोरोनाको संक्रमण दर निकै बढेको छ ।

जसका कारण स्थानीय सरकारले बाहिरबाट आउने जो कोहिलाई पनि अनिवार्य सात दिनको क्वारेन्टिनको नियम बनाएको छ । यसबर्षको आइपीएल अप्रिल नौ तारिखबाट विभिन्न ६ स्थानमा हुँदैछ । त्यसमा एक स्थान मुम्बई पनि हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey