Mega Bank

कीर्गिस्तानविरुद्ध नेपालकाे रणनीति ‘काउन्टर अट्याक’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 203 पटक हेरिएको

फुटबल खेल धेरै नेपालीहरुको मनपर्ने खेल हो । राजधानी काठमाडौमा रहेको दशरथ रंगशालामा खेल हेर्ने नपाएका दर्शकहरुको  मुहारमा लामो समयपछी एक पटक खुसियाली छाउने भएको छ ।

दशरथ रंगशाला दर्शकले भरि भराउ हुने अनुमान गरिएको छ । निक्कै समय देखि शान्त रहेको रंगशाला अब दर्शकलाइ स्वागत गर्न आतुर रहेको छ । लगभग १२००० दर्शकले एस पटक त्रिदेसिय नेशन कप हेर्न पाउने भएका छन् तर भर्खरै सरकारले कोविडको लहरमा भिड नगर्न आदेश दिएसगँ केहि कुराहरुमा भने ध्यान पुराउन जरुरि देखिन्छ । रंगशालाको फेरिएको मोहोडा , मैदानमा नयाँ घास , प्याराफिटमा परिवर्तन सहित नँया रुपमा मैदान तयार भएको छ।

नेपालले आफ्नै भुमिमा अन्तराष्ट्यि खेल नखेलेको पाच वर्ष  भै सक्यो ।  दशरथ रंगशालामा नेपालको खेल, खेल भन्दा अगाडीको त्यो राष्ट्रिय धुन , भरि भराउ दर्शकबाट गुन्जिने नेपाल नेपालको भन्ने हुटिङ वा चित्कारको लहर अनि नेपालले गोल गर्दा वा जीत निकाल्न सकेमा खेलको मजा नै भिन्दै हुन्छ ।

प्रस्तुति : सुगत पराजुली

किरण चेम्जोङको कप्तानीमा खेल्ने नेपाल , घरेलु समर्थक बीचमा निकै उत्साहित छ ।  नेपालले दुइ बलिया प्रतिस्पर्धीको बीचमा आफूलाइ पनि घरेलु मैदानमा अब्बल साबित गर्ने सुनौलो मौका छ । बंगलादेश नेपालको लागि नँया  प्रतिद्वन्दी होइन , गत नोवेम्बेर महिनामा पनि नेपालले बंगलादेशमा गएर केहि अनुभव बटुलेर आएको थियो ।  किर्गिस्तानले भने  निक्कै युवा टोली समाबेश गरेको छ । आगामी वर्षमा हुने ओलम्पिक गमेलाइ  मध्यनजर राखेर किर्गिस्तानले युवा टोली समाबेस गराएको हो ।

नेपाली टिम पनि आफ्नो कुशल खेल देखाउने रणनिति लिएर मैदानमा आउने छ , किरण चेम्जोंड , अविशेक रिजाल तथा रोहित चन्द जस्ता बिदेशी लिग खेल्ने अनुभवी खेलाडी टिममा फर्कदा निक्कै आत्मा विश्वास बढ्ने छ । बिगद केही समय देखी प्रशिक्षणमा ब्यस्त नेपाली टिम घरेलु भुमिमा खेल्न निकै आतुर देखिन्छ । पोखरा गएर प्रशिक्षणमा ब्येस्त रहेको नेपाली टिमले लामो समयदेखी अन्तराष्ट्ीय खेल खेल्न पाएको छैन । प्रशिक्षक बाल गोपाल महर्जनले  खेलमा लिने रणनितीबाट दर्शकको मन जित्न माहिर छन् भन्ने कुरा पछिल्ला केही खेलहरुले प्रमाणित गरीसकेको छ ।

उपकप्तान रोहित चन्द खेलमा राम्रो नतिजा ल्याउनेमा निक्कै सकारात्मक देखिन्छन । अन्तराष्ट्रीय खेल कम खेलेको नेपाललाइ कुन खेलाडीले कुन पोजिसनबाट खेल्दा ठिक हुने हो भन्नेमा अलमल छ । यस्तै खालको अन्तराष्ट्रीय खेलले खेलाडीको तालमेल र अनुभव बटुल्न सहयोग गर्छ ।
यसपाली खेल हेर्न टिकट केहि महँगोमा बेचेको भन्ने जनगुनासो छ तर एन्फाले नेपालको फूटबल स्तर उकास्नकोलागी टिकटलाइ महँगो बनाइएको भन्ने धराणा पेस गरेको छ । मैदानमा प्रत्यक्ष खेल देख्न नपाउनेहरुको लागी युट्यूव र टेलिभिजनलाइ पनि खेल प्रसारण गर्ने अनुमति प्रदान भएको छ ।

नेपालले काउन्टर अट्याक खेलमा ध्यान दिएमा खेल नतिजा आफ्नो पोलटामा पार्न सकिने अनुमान छ । बंगलादेश र किर्गिस्तान दुवै टिम पोजिस्नल खेल खेल्न एकदम रुचाउछन र यसलाई गलत तुल्याउने हो भने नेपालले काउन्टर अट्याकमा ध्यान दिन निकै जरुरि देखिन्छ ।  खेलमा दर्शकको उपस्तिथीले पनि धेरै माहोलमा परिवर्तन गराउछ । त्सैले नेपाललाइ समर्थन गर्दै देशको चिनोको रुपमा दर्शकको ठुलो उपस्तिथीको अपेक्षा गरिएको छ ।

भर्खरै

Advertisement