क्यानको त्रिकाेणात्मक सिरिज आयोजनाको योजना, कोभिडले थपेको चुनौती

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 244 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको आयोजनामा हुने भनिएको विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको त्रिकोणात्मक सिरिज रद्द भएपछि नेपाल क्रिकेट संघ क्यानले यो विचमा घरेलु मैदानमा नै एकदिवसिय त्रिकोणात्मक सिरिजको योजना बनाएको छ ।

यसका लागि क्यानले आन्तरीक छलफल गरेर खालि समयमा दुई विदेशी देश (टिम)लाई बोलाएर घरेलु मैदानमा खेलाउने योजना बनाएको थियो । जसमा क्यानले केहि देशलाई पत्राचार पनि गरेको छ । त्यसमा नेदरल्याण्ड्स र मलेसियाले नेपालमा खेल्ने चाहनापनि राखेकाे बताइएकाे छ । यसका लागि क्यानले आधिकारीक धारणा सार्वजनिक नगरेपनि आन्तरीक रुपमा तयारी पनि गरेको छ ।

तर पछिल्लो पटक नेपालमा कोरोनाको संक्रमणको दर बढिरहेको बेला र नेपाल सरकारले पनि अनावश्यक भिडभाड नगर्न भनेर नोटिस नै जारी गरेको छ । जसका कारण अब के हुन्छ भन्ने अन्योल बढेको छ । कोरोनाको संक्रमण दर बढेर गृह मन्त्रालयले सबै जिल्लामा आइसोलेसन र क्वारेन्टिनको अवस्थालाइ बुझ्न भनेर पत्राचार पनि गरिसकेको छ ।

अप्रिल महिनामा यो सिरिज नेपालमा खेलाउने योजनामा रहेको क्यान पछिल्लो पटक सरकारले गरेका निर्णयका कारण केहि अन्योलमा देखिएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले हामीले विश्व क्रिकेट लिग डिभिजन टु का खेलहरु स्थगित भइसकेका र तत्काल अरु प्रतियोगिता नभएको बेला दुई देशलाई आमन्त्रण गरेर नेपालमा सिरिज गर्ने योजना बनाएका छौ, त्यसका लागि आन्तरीक रुपमा छलफलपनि गरेको हो ।

तर पछिल्लो पटक कोभिडका कारणले सरकारले जमघट गर्न भनिरहेका बेला भविष्यमा खेलका बेला दर्शक नै नराख्न भन्ने निर्देशन आउला, त्यसो भयो भने प्रतियोगिता गर्नका लागि क्यानलाई कठिन हुने बताए । तर अहिले नै त्रिकोणात्मक सिरिजका बारेमा क्यानले आधिकारीक केहि नभनेको र यसमा अझैपनि छलफलमा रहेको बताए । उनले चाँडै यो विषयमा क्यानले विज्ञेप्ती जारी गर्ने बताए ।

कोभिडको केस बढ्यो भने फेरी क्वारेन्टिन राख्नुपर्ने नियम बनायो भने त्यसमा पनि अर्को चुनौती रहेको बताए । तरपनि अहिलेसम्म क्यानले प्रतियोगिता गर्नका लागि तयारी गरिररहेको र दुई चार दिनमा के हुन्छ, थाहा हुने बताए । प्याकुरेलले खालि समयको सदुपयोग गरेर प्रतियोगिता गर्न पाएको खण्डमा टिमका लागि राम्रो हुन्छ भन्ने चाहनाले योजना बनाएको बताए ।

नेपालले सन् २०२० मा घरेलु अमेरीका, ओमानसँग एकदिवसिय सिरिज खेलेपछि अर्को एकदिवसिय सिरिज खेलेको छैन । उसले थाइल्याण्डमा एसीसी इस्र्टन रिजन च्याम्पियनसिप खेलेको थियो । त्यसपछि नेपालले कुनै प्रतियोगिता खेल्न पाएको छैन ।

यो विचमा नेपालले स्कटल्याण्ड, नामिविया, पीएनजी र ओमानमा खेल्ने भनिएको विश्वकप लिग टु का खेलहरु स्थगित भएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey