रूपनी राइडर्स सप्तरी प्रिमियर लिगकाे शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 265 पटक हेरिएको

सप्तरी प्रिमियर लिग क्रिकेटमा रुपनी राइडर्सले किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ । जितसँगै राइडर्स लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको राजविराजले निर्धारी २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६१ रन बनायो । उसका लागि ओपनर सोनु अन्सारीले ४५ रन बनाए भने मेहबुब आलमले २३ तथा सुरज कुर्मीले २७ रनको योगदान गरे ।

यस्तै आसिफ शेखले १६ रनको योगदान गरे ।

बलिङमा रुपनीका लोकेश बमले दुई विकेट लिए भने सुनील धमला, सुमित झा, अनिल यादव, अनुज यादवले एक एक विकेट लिए ।

जवाफमा रुपनी राइडर्सले १६ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा कुशल भुर्तेलले ५२ रन बनाए भने अमित यादवले ४५, लोकेश बमले ३५ तथा निरज मुखियाले २३ रनको योगदान गरे ।

जितसँगै राइडर्सले चार खेलमा तीन जित र एक हारका साथ ६ अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey