भारत र पाकिस्तानविच ८ बर्षपछि टी-२० सिरिज हुने संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 527 पटक हेरिएको

भारत र पाकिस्तानविच आठ बर्षपछि अन्तराष्ट्रिय टी २० सिरिज हुने संभावना बढेको छ ।

अर्को साता हुने आइसीसीको बैठकमा भारत र पाकिस्तानविच टी २० सिरिजका लागि छलफल हुने बताइएको छ ।

यसका साथै मार्च ३० तारिखमा भारतीय र पाकिस्तानी विदेश मन्त्रीविच पनि भेटघाटको तालिका रहेको छ । त्यो बेला दुई देशको क्रिकेट प्रतियोगिताका लागि पनि कुरा हुने एजेन्डा रहेको भारतीय सञ्चार माध्यमले बताएका छन ।

भारत र पाकिस्तानविच सन् २०१२ को डिसेम्बरममा अन्तिम पटक टी २० र एकदिवसिय सिरिज भएको थियो । त्यो बेला टी २० सिरिज एक एक को बराबरीमा सकिएको थियो । यस्तै एकदिवसिय सिरिज पाकिस्तानले दुई एकले जितेको थियो ।

पाकिस्तान क्रिकेट बोर्डका एक पदाधिकारीले यो सिरिजका लागि तयारी गर्न भनेको बताएका छन । तीन टी २० सिरिजका लागि ६ दिनको समय लाग्ने बताइएको छ ।

पाकिस्तानले सन् २०१२ र १३ भारतको भ्रमण गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal