धनगढी मेयर उपमेयर कप फुटवलः वडा नम्बर १ र ७ विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 829 पटक हेरिएको

धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर ७ विजयी भएको छ । प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा वडा नम्बर १ र वडा नम्बर ७ तथा महिला तर्फको खेलमा पनि वडा नम्बर ७ विजयी भएको छ ।

जुगेडा स्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर ५ लाई ३–० ले हरायो । पुरुष तर्फको अर्को खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ३–० ले पाखा लगायो । महिला तर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई २–० ले हरायो । प्रतियोगिता अन्तर्गत विहीवार पनि तीन वटा खेलहरु हुनेछन् । चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बिहीवार पुरुष तर्फका दुई र महिला तर्फको एक खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम महिला-पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिईएको छ  । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि  ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, कनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey