किर्गिस्तानविरुद्ध नेपालको एउटै लक्ष्य जित, घरेलु मैदानमा खेल्न खेलाडी उत्साहित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 428 पटक हेरिएको

त्रिदेशीय कप अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटवलको आफ्नो पहिलो खेलमा नेपालले भोली किर्गिस्तान अन्डर ट्वान्टी थ्रि टिम संग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगलाशालामा खेल सांझ साढे पाँच बजे सुरु हुनेछ ।

किर्गिस्तानको युवा टोलीले आफ्नो पहलिो खेलमा बंगलादेश संग एक शुन्यको हार बेहोरेको थियो । नेपाली टिमका पशिक्षक वालगोपाल महर्जनले किर्गिस्तानले बंगलादेश विरुद्ध आफुले सोचे भन्दा कम स्तरको प्रदर्शन गरेको बताएका छन ।

तर यसो भन्दैमा विपक्षीलाइ कम नआक्ने उनको भनाइ छ । नेपाल भोली तीन अंकका लागि मैदान उत्रनेछ । प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो तीन महिनामा जुन तरिकाले नेपाली टिमले खेलिरहेको छ, त्यस्तो फुटबल खेलेमा किर्गिस्तानलाई सहजै हराउने बताए ।

उनले यसपटक टिममा उत्कृष्ट खेलाडी परेको बताए । नवयुग श्रेष्ठलाई टिममा नराख्नुको कारण बारे बोल्दै उनले उनी भन्दा राम्रो खेलाडी टिममा परेको बताए ।

किरण चेम्जोङले घरेलु मैदानमा पहिलो पटक कप्तानी गर्दैछन् । ६ वर्षपछि समर्थक बीच दशरथ रंगशालामा आफ्नो नेतृत्वमा खेल्न पाउदा उत्साहित भएको उनको भनाइ छ । भारतको आइ लिग खेलेर दुई दिन अगाडीमात्र नेपाल आएका किरणले लामो समयपछि घरेलु मैदानमा खेल्न निकै आतुर रहेको बताए ।

नेपालले पछिल्लो पटक सन २०१५ मा विश्वकप छनोटमा भारत विरुद्ध दरशथ रंगशालामा खेलेको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो । गत वर्ष भएको १३ औं सागमा २३ वर्ष मुनिको टोलीले रंगशालामा खेल्दै स्वर्ण पदक जितेको थियो ।

प्रतियोगिताका पहिलो खेलमा किर्गिस्तान आत्मघाती गोलका कारण बंगलादेशसँग एक शुन्यले पराजित भएको थियो । नेपालविरुद्ध किर्गिस्तान जितका लागि नै मैदानमा उत्रिनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey