तिलाठीले राजविराजलाई ४ विकेटले हरायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 345 पटक हेरिएको

सप्तरी सुपर लिगमा तिलाठी कोईलाडी जायन्टसले किंग्स राजविराजलाई ४ विकेटले पराजित गरेकाे छ ।

टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले १८।४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो।

टिभीएस किंग्सको लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए जुन क्रममा ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए।

तिलाठी कोईलाडीको बलिंगमा राशिद खान र दिपेश कंडेलले समान ३ विकेट, कप्तान दिपेन्द्र ऐरीले २ विकेट तथा मनिष मण्डलले १ विकेट लिए।

राजविराजले दिएको एक सय ४५ रनको लक्ष्य तिलाठी कोईलाडीले ६ विकेट गुमाएर १५।१ ओभरमा पुरा गर्यो।

तिलाठी कोईलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए जुन क्रममा २९ बलमा २ चौका र ८ छक्का प्रहार गरे। दिपेश कंडेलले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए। सन्तोष कार्कीले १८ रन बनाए। राशिद र दिपेशले सातौँ विकेटको लागि अविजित ८७ रनको साझेदारी गरे।

टिभीएस किंग्सको बलिंगमा दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच राशिद खान चुनिए।

प्रतियोगिता चौथो दिनको खेल समाप्ति पछि समान तिन खेलमा दुई जित र एक हार बेहोरेका बजाज खडक वारियर्स, रुपनी राईडर्स र तिलाठी कोईलाडी क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन्। एक जित हात पारेको टिभीएस किंग्स चौथो र जितविहिन बोदे बर्साईन थन्डर्स पाँचौ स्थानमा रहेको छ।

सप्तरी क्रिकेट संघद्वारा आयोजित लिग अन्तर्गत बिहिबार पनि दुई खेल खेलिनेछन्। पहिलो खेलमा बिहान ९ बजे टिभीएस किंग्स राजविराज र रुपनी राईडर्स तथा दिउसो १ बजे सुरु हुने खेलमा बोदे बर्साईन थन्डर्स र तिलाठी कोईलाडीले प्रतिस्पर्धा गर्नेछन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey