Mega Bank

एनएसएलकाे टिकेटिङ पार्टनर ‘पे वेल’

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 52 पटक हेरिएको

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग फुटबलको टिकेट पार्टनरका रुपमा पे वेल नेपालले अधिकार पाएको छ ।

एनएसएलको खेल हेर्नका लागि यहि कम्पनीबाट टिकट काट्नुपर्ने भएको छ ।

नेपाली बजारमा नयाँ डिजिटल प्लेटफर्मका रुपमा रहेको पे वेललाई एनएसएलसँग सम्झौता गर्न पाउँदा खुसी लागेको नेपाल सुपर लिगकी अध्यक्ष अश्रयता कार्की चौधरीले बताइन ।

प्रतियोगिताका बेला सो कम्पनीले विभिन्न ठाँउमा ५० भन्दा बढि ठाँउमा काउन्टर राख्ने भएको छ । एनएसएलका लागि सबै टिकट अनलाईन र डोरसेलबाट हुनेछ ।

बैशाख ११ गतेबाट सुरु हुने प्रतियोगिताको टिकेटिङ पार्टनरका रुपमा भित्रदाको सम्झौता रकम भने गोप्य राखिएको छ ।

भर्खरै

Advertisement