भुवन र निरज शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 520 पटक हेरिएको

धरान ओपन गल्फ प्रतियोगिताको पहिलो दिन भुवन नगरकोटी र निरज तामाङ संयुक्त रुपमा शिर्ष स्थानमा रहेका छन ।

शूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो इभेन्ट्सका रुपमा रहेको यो प्रतियोगिताको पहिलो दिन भुवन र निरजले समान तीन अन्डर ६७ को स्कोरकार्ड खेले ।

नेपाल नम्वर एक भुवनले पहिलो दिन दोस्रो पाँचौ, छैटौं, साँतौ र नबौं होलमा बर्डिज प्रहार गरेका थिए । यस्तै उनले १० औं होलमा बर्डिज हिर्काएका थिए ।

सागका स्वर्ण विजेता निरजले चौथो, छैटौ, सातौं र नबौं होलमा बर्डिज हिर्काएका थिए । फ्रन्ट नाइनमा उनले चार अन्डर ३२ स्कोरकार्ड खेल्दा ब्याक नाइनमा उनले १० औं हेलामा बर्डि खेलेपनि १४ औं होलमा सट ड्रप गरे । १७ औं होलमा उनले डबल बुगी खेल्नुपर्यो ।

यो प्रतियोगितामा कुल ४३ गल्फरको सहभागिता रहेको छ । जसमा ३२ ब्यवसायीक र ११ एम्योच्योर खेलाडी छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey