Mega Bank

त्रिदेशीय फुटबलका लागि नेपाली टिमकाे घाेषणा, नवयुग बाहिर, विराज टिममा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 95 पटक हेरिएको

त्रिदेशीले फुटबल प्रतियोगिताका लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ । प्रशिक्षक बालगोपाल महर्जनले यो प्रतियोगिताका लागि २३ खेलाडीकोे टिमको घोषणा गरेका हुन ।

किरण चेम्जोङको कप्तानीमा रहेको टिममा यसअघि क्याम्पमा रहेका खेलाडीबाट १० जनालाई हटाइएको छ । जसमा गोलकिपर विशाल श्रेष्ठ, विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा, सुरज विक, विकाश खवास, हेमन्त थापामगर, सन्तोष तामाङ, आशिष लामा, जोर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठलाई टिमबाट फालिएको छ ।

फिफा विश्वकप छनौटका लागि सुरुवातमा तयारी गर्दा चोट बोकेका अनन्त तामाङ फिट भएर टिममा फर्किएका छन । अनुभवी डिफेन्डर तथा पूर्व कप्तान विराज महर्जन करिव दुई बर्षपछि राष्ट्रिय टिममा परेका छन ।

विराजले यो प्रतियोगिताबाट खेलाडी जीवनबाट सन्यास लिने तयारीमा छन । त्यसैले पनि उनको विदाईलाई सुखद बनाउन बालगोपालले उनलाई टिममा राखेका हुन ।

नेपाली टिम यस्तो छ ।

गोलकिपर किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डरः विराज महर्जन,, रंजित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास

नेपालले विहिबार दशरथ रंगशालामा किर्गिस्तानको यू २३ टिमविरुद्ध खेल्नेछ ।

भर्खरै

Advertisement