टेन्डर प्रक्रिया नै अन्याेलमा हुँदा पाेखरा क्रिकेट रंगशालाकाे याेजना नै अलपत्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 1060 पटक हेरिएको

गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ । सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनेको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भएपनि टेण्डर प्रकृया नै कहिले अघि बढ्ने भन्ने एकिन छैन ।

प्रदेश सरकारले यस वर्ष क्रिकेट रंगशालाकालागि दुई करोड रकम समेत विनियोजन गरेको छ । तर रंगशालाको पश्चिमभागमा सेतीनदीले वर्षेनीजग्गा कटान गर्दैआएको र सोको संरक्षणका लागिछुट्टै डिपिआर आवश्यक पर्ने देखिए पछि रंगशालानिर्माण कार्य नै रोकिएको छ ।

सरकारले गतवर्ष तयार गरेको रंगशालाको डीपीआरमा नदी कटान क्षेत्रको संरक्षण कसरी गर्ने भन्ने निक्र्यौल नहुदाँ रंगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको विकास मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष सकिनतिनमहिनामात्रै बाँकी रहँदा सरकारले रंगशाला निर्माण शहरी विकास तथा भवन शाखामार्फत बनाउन अर्थमन्त्रालयलाई सहमतिकालागि अनुरोध गरेको बताएको छ ।

सरकारले रंगशाला निर्माणका लागि पोखरा–३३ पशुपतिघाटको १ सय ७४ रोपनी क्षेत्रफलको जग्गा संघ सरकारबाट प्राप्त गरिसकेको छ । १८ हजार दर्शक क्षमताको रंगशालामा टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने विभिन्न सात वटा पीच तयार पारिने डीपीआरमा उल्लेख छ ।

मैदानमा सात वटा पिच, भिभिआइपी, भिआइपी, खेलाडी कक्ष, चेञ्जिङ रुम, मिडिया कक्ष, पार्किङ लगायत संरचना बन्ने जनाएको छ ।
प्रदेश सरकारको बहुप्रतिक्षित योजना क्रिक्रेट रंगशाला पोखराको मुख्य बजारदेखि १० किलोमीटर दुरीमा पर्दछ ।

पोखरामा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न मैदान अभाव हुदै आएको छ । प्रदेश सरकारको यो रंगशाला निर्माण भए पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey