धरान ओपन गल्फ आजदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 384 पटक हेरिएको

शूर्य नेपाल गल्फ टुर अन्तर्गतको धरान ओपन गल्फ प्रतियोगिता आजदेखि शुरु हुँदैछ । धरान गल्फ क्लवमा हुने प्रतियोगिताको मुख्य प्रायोजक धरान उपमहानगरपालिका रहेको छ ।

मार्च २६ तारिख अर्थात शुक्रबार सम्म हुने प्रतियोगिता ५४ होलको हुनेछ । प्रतियोगितामा ३२ ब्यवसायीक गल्फर सहित ६ स्थानीय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी धरान पुग्ने क्रम जारी रहेको छ ।

प्रतियोगिताको विजेताले ९० हजार र उपविजेताले ५५ हजार रुपैयाँ पाउने छन् । यस्तै तेस्रो हुने खेलाडीले ४१ हजार रुपैयाँ हात पार्नेछन् । यसका साथै शीर्ष २१ मा रहने खेलाडीले पनि पुरस्कार पाउने भएका छन् ।

प्रतियोगिताको साविक विजेता बलबहादुर राईसँगै नेपाल नम्वर एक भुवन नगरकोटी, शुक्रबहादुर राईको पनि सहभागिता रहनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey