दिल्लीका कप्तान अय्यरले आईपीएल गुमाउने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 846 पटक हेरिएको

भारतीय ब्याट्सम्यान श्रेयस अय्यरले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल गुमाउने सम्भावना बढेर गएको छ ।

दिल्ली क्यापिटल्सका कप्तान समेत रहेका अय्यर इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा गम्भीर घाइते भएका छन् ।

बायाँ काँधको हड्डीमा चोट लागेको छ । रोहित शर्मा पनि घाइते भएका कारण उनी दोस्रो इनिङमा उनी फिल्डिङ गर्न पनि उत्रिएका थिएनन् ।

बीसीसीआईको मेडिकल अपडेट अनुसार ‘श्रेयस अय्यरको बायाँ काँधको हड्डीमा चोट लागेको छ ।

अय्यर आठौं ओभरमा शार्दुल ठाकुरको बलिङमा जोनी बेयरस्टोले प्रहार गरेको बल रोक्ने क्रममा डाइव लगाउँदा दुखेर चिच्चाएको थिए ।’ त्यसपछि अय्यरको ठाउँमा शुभमन गिललाई फिल्डिङ गराइएको थियो ।

यस्तै उपकप्तान रोहित शर्माले ब्याटिङ गर्दा मार्क वुडको बल उनको दाहिने कुहिनामा लागेर घाइते भएका थिए । तर, ब्याटिङ गरेका उनले २८ रनको योगदान गरे । रोहितको ठाउँमा सूर्यकुमार यादवले फिल्डिङ गरेका थिए ।

अय्यर घाइते भएपछि यसको प्रभाव आईपीएलमा दिल्ली टिमलाई पर्ने छ ।

गत सिजन उनकै कप्तानीमा दिल्ल फाइनल पुगेको थियो ।

काँधको हड्डी तल सरेपछि ठीक हुन ६ हप्ता लाग्ने र यदि सल्यक्रिया गर्नु परेमा अझै बढी समय लाग्ने छ ।

आईपीएल क्रिकेट अप्रिल ९ तारिखदेखि शुरुहुँदै छ ।

यसैगरी अय्यरले इंग्ल्याण्डविरुद्धका बाँकी एक दिवसीय पनि गुमाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal