त्रिदेशीय प्रतियोगिता खेलेर घरेलु दर्शकमाझ सन्यास लिने चाहनामा विराज महर्जन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१०
  • |
  • 712 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा डिफेन्डर विराज महर्जनले नेपालमा आजबाट सुरु भएको त्रिदेशीय फुटबल प्रतियोगितापछि खेलाडी जीवनबाट सन्यास लिने निर्णयमा पुगेका छन ।

घरेलु मैदानमा करियरको अन्तिम खेल खेलेर उनले सन्यास लिने योजनामा पुगेका छन । यसका लागि विराजले अखिल नेपाल फुटबल संघलाई बताइसकेको र एन्फाले आधिकारी रुपमा स्विकृती लिन बाँकी हरेको बताइएको छ ।

खेलाडी म्याच फिक्सिङको आरोप लागेर निकै आलोचित बनेका बेला राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी पाएका विराजले देशलाई आफ्नो कप्तानीमा तीन वटा उपाधि दिलाएका थिए । जसमा उनले नेपाललाई बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एशियाली खेलकुद र एएफसी सोलिडारीटी कपको उपाधि दिलाएका थिए । सोलिडारिटी कपका बेला अनिलले पनि केहि समय कप्तानी गरेका थिए ।

कोरोनाका विचमा नै घरेलु मैदानमा भइरहेको अन्तराष्ट्रिय प्रतियोगितामा खेलेर उनले खेलाडी जीवनलाई विश्राम दिने सोच बनाएका छन । विराज योहान कालिन प्रशिक्षक हुँदा कप्तान हुँदा हुँदै राष्ट्रिय टिमबाट बाहिरीएका थिए । त्यो बेला उनको फिटनेसमा समस्या देखिएको थियो ।

तरपछिल्लो पटक विश्वकप छनौटको तयारी गरिरहेको नेपालको टिममा उनलाई प्रशिक्षणमा राखिएको थियो । नेपाली फुटबल टिमले त्रिदेशीय प्रतियोगिताका लागि अन्तिम टिमको घोषणा गर्न बाँकी रहेको र त्यो सूचीमा उनलाई राख्ने नराख्ने कुनै टुंगो लगाइएको छैन । तर विराजले भने आफ्नो तर्फबाट एन्फालाई बताइसकेका छन ।

तर पूर्व कप्तानले सन्यास लिने भनेपछि एन्फाले पनि उनको विदाईलाई सुखद बनाउने चाहना राखेको छ ।

सन् २००८ मा पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेका विराज नेपालबाट सर्वाधिक क्याप जित्ने खेलाडी हुन । उनले पोखरामा भएका पाकिस्तानविरुद्धको मैत्रीपुर्ण खेलमा उनले डेब्यु गरेका थिए । थ्रीस्टार, मच्छिन्द्र र मनाङबाट ब्यवसायीक फुटबल खेलेका विराजले राष्ट्रिय टिमबाट ७५ खेलमा एक गोल गरेका छन ।

उनले मच्छिन्द्र क्लवबा अघिल्लो संस्करणको लिग जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey