भारतले इंग्ल्याण्डलाई दियाे तीन सय १८ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१०
  • |
  • 648 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवसिय खेलमा भारतले तीन सय १८ रनको लक्ष्य दिएको छ ।

पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय १७ रन बनायो । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । उसका ओपनर रोहित शर्मा २८ रनमा आउट भए ।

दोस्रो विकेटका लागि शिखर धवन र कप्तान विराट कोहलीले एक सय पाँच रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । कोहली ५६ रनमा आउट हुँदा भारतले एक सय ६९ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि श्रेयस ऐयर मात्र ६ रनमा पेभेलियन फर्किए । जसका कारण उसले एक सय ८७ रनमा तेस्रो विकेट खेर फाल्यो । भारतको स्कोर दुई सय पाँच रन हुँदा पाँचौ विकेट गुमेको थियो । उसका शिखर धवन ९८ रनमा आउट भए । एक सय ६ बल खेलेका धवनले ११ चौका र दुई छक्का प्रहार गरे । हार्दिक पाण्ड्या मात्र एक रनमा पेभेलियन फर्किए ।

भारतका लागि अन्तिममा यहि खेलमा डेब्यु गरेका कुर्नाल पाण्ड्याले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ३१ बलमा सात चौका र दुई छक्काको मद्दतले ५८ रन बनाए । यस्तै लोकेश राहुलले ४३ बलमा चार चौका र चार छक्काको मद्दतले ६२ रन बनाए । बलिङमा बेन स्टोक्सले तीन विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey