बंगलादेशविरुद्धको एकदिवसिय सिरिज न्यूजिल्याण्डको पक्षमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१०
  • |
  • 391 पटक हेरिएको

बंगलादेशविरुद्धको दोस्रो एकदिवसिय खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ । जितसँगै न्यूजिल्याण्डले तीन खेलको सिरिज पक्का गरेको छ ।

क्राइस्टचर्चमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ७१ रन बनाएको थियो ।

उसका लागि कप्तान तमिम इक्बाललले ७८ रन बनाए भने मोहम्मद मिथुनले ७३ रनको योगदान गरे । यस्तै सौम्य सरकारले ३२ र मुस्फिकुर रहिमले ३४ रन बनाए ।

जवाफमा न्यूजिल्याण्डले कप्तान टोम लाथमको शतकमा ४८ ओभर दुई बलमा पाँच विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

उसका लागि लाथमले एक सय आठ बलमा एक सय १० रन बनाए । जसमा उनले १० चौका प्रहार गरे । यस्तै डेभोन कोनवेले ७३ रनको योगदान गरे । ५३ रनमा तीन विकेट गुमाएको अवस्थामा टोम र डेभोनले टिमलाई जितको बाटो देखाएका थिए ।

उनीहरुले चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी गरेका थिए । यस्तै जेम्स निसमले ३० रनको योगदान गरे ।

पहिलो खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey