मेयर कप महिला क्रिकेटकाे उद्घाटन खेलमा प्रदेश एक र एपीएफ भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०९
  • |
  • 211 पटक हेरिएको

ललितपुर उपमहानगर पालिकाको सहयोगमा हुन लागेको मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जसमा पहिलो दिन दुई खेल हुने भएका छन ।

२० ओभरमा प्रतियोगिता हुने भएकाले पनि क्यानले सुरुवाती दुई दिनमा दुई खेल राखेको छ । जसमा उद्घाटन खेलमा प्रदेश एक र एपीएफ भिड्ने भएका छन ।

यस्तै दोस्रो खेलमा सुदुरपश्चिम र ललितपुर मेयर ११ विच प्रतिस्पर्धा हुनेछ ।

यस्तै प्रतियोगिताको दोस्रो दिनपनि दुई खेल हुनेछन । जसमा एपीएफ र सुदुरपश्चिम तथा ललितपुर मेयर ११ र लुम्बिनी प्रदेश खेल्ने भएका छन । राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनल खेल्नेछन । प्रतियोगिता चैत २१ गतेबाट सुरु हुनेछ ।

प्रतियाेगिताकाे विजेताले तीन लाख रूपैयाँ पाउनेछ । दाङमा भएकाे पीएप कप क्रिकेटकाे सेमिफाइनलमा पुगेका चार टिम र एक टिम मेयर ११ बनाएर प्रतियाेगिता खेलाउन लागिएकाे हाे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal