डेभ ह्वाटमोरले सातै प्रदेशमा चार दिने हाइ पर्फमेन्स कार्यक्रम गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०९
  • |
  • 416 पटक हेरिएको

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाली क्रिकेटको विकासका लागि प्रशिक्षक प्रशिक्षण आयोजना गर्ने भएको छ ।

त्यसका लागि सबै प्रक्रिया अघि बढी सकेको राखेपले जनाएको छ । क्यानले यो कार्यक्रम मार्च र अप्रिल महिनामा गर्ने भएको छ । यसका लागि परिषद्ले रकमपनि छुट्याएको छ । कार्यक्रम मार्च २४ तारिखमा प्रदेश एकबाट सुरु हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानले अहिले विदेशी प्रशिक्षक डेभ ह्वाटमोरलाई ल्याएकाले उनको अनुभव काठमाडौंमा मात्रै केन्द्रीत गर्ने नभई प्रदेश स्तरका प्रशिक्षकहरुलाई पनि पुनरताजकी गराउने उद्देश्यले कोचेज ट्रेनिङ आयोजना गर्न लागिएको हो ।

क्यानसँग सहकार्य गरेर डेभ ह्वाटमोरलाई देशका सात वटै प्रदेशमा लैजाने भएकाे हाे । त्यसका लागि राखेपले क्यानलाई १५ लाख रुपैयाँ छुट्याएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्न आएका ह्वाटमोर अहिलेसम्मकै हाई प्रोफाइल प्रशिक्षक हुन् । उनले श्रीलंकालाई विश्वकप जिताएका छन्, भने पाकिस्तानले पनि उनकै प्रशिक्षणमा एशिया कप जितेको थियो भने जिम्बाबेले पहिलो पटक टेस्ट क्रिकेटमा सफलता हासिल गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey