क्रिकेट खेलाडीको खातामा सोमबार र मंगलबार एक वर्षको पारिश्रमिक जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०८
  • |
  • 433 पटक हेरिएको

नेप्लेज । नेपाल क्रिकेट संघ क्यानले सन् २०२० को तलब सोमबार र मंगलबार गरि वितरण गर्ने भएको छ । आईसीसीबाट खेलाडी, ग्राउण्ड स्टाफ लगाएत सवैको रकम निकासा भइसकेकाले अब वितरण गर्ने प्रक्रियामा रहेको नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

राेशन सिंह, क्यान काेषाध्यक्ष

आईसीसीले खेलाडीको तलब पहिला ६ महिनाको मात्रै पठाउने भनिए पनि क्यानको निरन्तरको पहलका कारण एक बर्षकै तलब आएको क्यान कोषाध्यक्ष तथा आर्थिक समितिका संयोजक सिंह बताए ।

क्यानले भुक्तानि गर्नुपर्ने सबै रकम बैंक मार्फत हुने पनि बताए । कोषाध्यक्ष सिंहले भने ‘महिला खेलाडीको पारिश्रमिक सोमबार र , पुरुष खेलाडीको हकमा मंगलबार जाने गरि हामीले प्रक्रिया मिलाएका छौं ।’

क्यान आर्थिक समितिको आज बसेको बैठकले खेलाडी र सवै स्टाफहरुको पारिश्रमिक दिने विषयमा निर्णय गरेको पनि बताए ।
क्यान कोषाध्यक्षका अनुसार सन् २०२० जनवरी १ तारिखदेखि डिसेम्बरसम्मको पारिश्रमिक खेलाडीहरुले पाउन लागेका हुन् ।
क्यानले गत असोजमा गरेको केन्द्रीय सम्झौता अनुसार महिला तर्फ २२ र पुरुष तर्फ २० जना खेलाडी छन् । महिला र पुरुष गरि दुवै तर्फ ए, बी र सी श्रेणीमा खेलाडीको पारिश्रमिक दिने सम्झौतामा उल्लेख छ ।

ए श्रेणीमा रहेका पुरुष खेलाडीहरुले ५० हजार पाउँदा ए श्रेणीका महिला खेलाडीले १५ हजार पाउने छन् ।
यसैगरी बी श्रेणीमा रहेका पुरुष खेलाडीले ४० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदा महिला तर्फ बी श्रेणीका खेलाडीले १२ हजार मासिक पारिश्रमिक पाउने छन् ।
त्यस्तै सी श्रेणीका पुरुष खेलाडीले मासिक ३० हजार प्राप्त गर्दा महिला तर्फ मासिक १० हजार पारिश्रमिक पाउने छन् । पुरुषतर्फ ए श्रेणीमा रहेकाले मासिक ५० हजार पाउँछन् । एक मुष्ट उनीहरुले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
मासिक पचास हजार पाउने पुरुष क्रिकेटरहरु ।
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र विनोद भण्डारी ।

महिला तर्फ ए श्रेणीमा रहेकाले मासिक १४ हजार पाउने छन् । उनीहरुले एक मुष्ट एक लाख ८० हजार प्राप्त गर्ने छन् । यो रकम प्राप्त गर्ने महिला खेलाडीहरु । रुबिना क्षेत्री, ईन्दु बर्मा, नेरी थापा, सिता रानामगर र करुणा भण्डारी ।

यसैगरी बी श्रेणीमा रहेका पुरुष क्रिकेटरहरुले मासिक ४० हजार रुपैयाँ पाउने छन् । उनीहरुले एकमुष्ट ४ लाख ८० हजार प्राप्त गर्ने छन् । यो सूचीमा अविनास वोहोरा, आरिफ शेख, सुसन भारी, र पवन सर्राफ छन् ।

महिला तर्फ बी श्रेणीमा रहेका खेलाडीहरुले मासिक १२ हजार पाउँछन् । उनीहरुको खातामा एक मुष्ट एक बर्षको १ लाख ४४ हजार जाने छ ।
यो रकम पाउने खेलाडीहरुमा अप्सरी बेगम, रोमा थापा, ज्योति पाण्डे, बिन्दु रावल, कविता जोशी, ऋतु कनौजिया,सरिता मगर, सरस्वती चौधरी र काजल श्रेष्ठ छन् ।

पुरुष तर्फ सी श्रेणीमा रहेका खेलाडीहरुले मासिक ३० हजार पाउँदा उनीहरुको खातामा एक मुष्ट ३ लाख ६० हजार जाने छ । यो रकम पाउने खेलाडीहरुमा रसिद खान, रोहित पौडेल, सन्दीप जोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुवास खकुरेल र ललित राजवंशी रहेका छन् ।

यसैगरी महिलाको सी श्रेणीमा रहेका खेलाडीहरुले मासिक १० हजार प्राप्त गर्ने छन् । उनीहरुले सन् २०२० को तलब एकमुष्ट बुझ्दा १ लाख २० हजारप खातामा जाने छ । यो रकम पाउने खेलाडीमा सोनु खड्का,अञ्जली चन्द, सोभा आले, कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सुमन खतिवडा र ममता चौधरी छन् । क्यानले सन् २०२१ काे नयाँ सम्झाैता अबकाे केही समयमा गर्ने पनि जनाएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey