उपमेयर कपः थालिगडा फाइनलमा प्रवेश, दिव्या उत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०८
  • |
  • 418 पटक हेरिएको

विनोद सिंह विष्ट–बैतडी,८ चैत, दिव्या कार्कीको उत्कृष्ट अलराउन्डर प्रदर्शनले दनपा ६ थालिगडाको टोली बैतडीमा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

थालिगडाले दनपा ५ दशरथचन्दलाई ७७ रनले स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो । दशरथचन्द खेलमैदानमा आइतबार टस जितेर पहिला ब्याटिंग गरेको थालिगडाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १ सय ६२ रन बनायो ।

जसमा दिव्या कार्कीले ६१ तथा मनिषा थापाले ५८ रन बनाए । दशरथचन्दका अनिता नाथ र मानवी मौनीले १–१ विकेट लिए । जवाफमा दशरथचन्दले २० ओभरमा ९ विकेटको क्षतीमा ८५ रन मात्रै बनाउन सक्यो ।

जसमा रेनु पेला र निर्मला रावलले समान २४–२४ रन बनाए पनि हार टार्न सकिएन् । थालिगडाका दिव्या कार्की र पुजा कार्कीले २–२ विकेट लिए ।

दिव्या कार्की ओम्यान अफ द म्याच चुनिएकी नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । थालिगडाले अब उपाधिका लागि सोमबार दनपा ४ खलंगा र दनपा २ देहिमाडौंको विजेतासंग खेल्नेछ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजनामा सञ्चालनमा रहेको प्रतियोगिताको विजेताले ४५ हजार तथा उपविजेताले ३० हजार पुरस्कार पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey