उपमेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०७
  • |
  • 200 पटक हेरिएको

बैतडीको दशरथचन्द नगरपालिकामा जारी चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

शनिबार दनपा ५ दशरथचन्दले दनपा ८ त्रिपुरालाई ५४ रनले हराएर अन्तिम चारमा सुरक्षित भएसंगै सेमिफाइनल समीकरण पुरा भएको हो ।

यसअघि दनपा ४ खलंगा, दनपा ६ थालिगडा र दनपा २ देहिमाडौं सेमिफाइनलमा पुगिसकेका छन् । दशरथचन्द खेलमैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्दले निर्धारित २० ओभरमा १ विकेटको नोक्सानीमा १ सय ७५ रन बनायो ।

जसमा लक्ष्मी महरले ८२ र अनिता नाथले ४२ रन बनाईन् । त्रिपुराकी करिस्मा थापाले १ विकेट हात पारिन् । जवाफी ब्याटिंग गरेको त्रिपुराले २० ओभरमा ६ विकेटको क्षतीमा १ सय २१ रन मात्रै बनाउन सक्यो । उसका लागि संगिता मौनीले सर्वाधिक ५६ रनको योगदान गरेपनि हार टार्न सकेनन् । जसमा अनिता नाथले २ विकेट लिईन् ।

दशरथचन्दकी लक्ष्मी महर ओम्यान अफ द म्याच भईन् । सेमिफाइनलको पहिलो खेलमा आइतबार दनपा ८ थालिगडा र दनपा ५ दशरथचन्द भिड्दा दोस्रो खेलमा दनपा २ देहिमाडौं र दनपा ४ खलंगा भिड्ने स्कोरर खेमराज भट्टले दिए ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey