मूलपानी पीच प्रकरण : दुई कप्तानलाई स्पष्टिकरण, क्युरेटरलाई कारबाही गर्न सिफारिस !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०६
  • |
  • 344 पटक हेरिएको

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताका बेला मूलपानी मैदानमा भएको म्याचको पीचबारे छानविन समितिले प्रतिवेदन बुझाएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई सैलेश कर्माचार्य नेतृत्वको छानविन समितिले आज प्रतिबेदन बुझाएको छ ।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीचको खेलका बेला कम रन बने पछि आर्मीका कप्तान विनोद भण्डारी र नेपाल पुलिसका कप्तान मन्जीत श्रेष्ठले पीचबारे प्रश्न उठाएका थिए ।

आर्मीका कप्तान भण्डारीले मूलपानीको पीच पीच नभई खेत भएको प्रतिक्रिया दिएका थिए भने पुलिसका कप्तान श्रेष्ठले पनि पीच खराब भएको बताएका थिए । खेलाडीहरुले नै पीच खराब भएको अभिव्यक्ति दिए पछि क्यानमाथि पनि दवाब परेको थियो ।

त्यसपछि क्यानले गठन गरेको छानविन समितिले आज अध्यक्ष चन्दलाई प्रतिबेदन बुझाएको छ । प्रतिवेदन क्यानले भने सार्वजनिक गरेको छैन । स्रोतका अनुसार प्रतिबेदनमा आर्मी र पुलिसका कप्तान दुवै जनालाई स्पष्टिकरण सोध्न सिफारिस गरिएको छ ।

यसैगरी पीच खराब रहेको निष्कर्ष निकालेको छानविन समितिले क्युरेटर अजय पाण्डेलाई किन यस्तो पीचमा खेलाएको भन्दै कारबाहीको सिफारिस गरेको बुझिएको छ ।

पुलिस र आर्मीका कप्तानले उठाए मूलपानी मैदानको पीचमाथि प्रश्न

मुलपानीको पिचका विषयमा क्यानले छानविन समिति बनाउँदै, पिचको दोष भए क्यूरेटरलाई कारवाही हुनसक्ने

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey