पर्वतमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०६
  • |
  • 983 पटक हेरिएको

पर्वत : पर्वतको मोदी गाउँपालिका-७ राम्जा देउरालीमा राष्ट्रियसभा अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

अध्यक्ष तिमिल्सिना सोही गाउँको पूर्वगाविस अध्यक्ष हुँदै तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत निर्वाचित भएका थिए ।

यही चैत १३ देखि १७ गतेसम्म आयोजना हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीले भाग लिने भएका छन् ।

लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले रु ५० हजार पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक शरणबहादुर क्षेत्रीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको उद्घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा ‘नागरिकको सम्मान सुन्दर संसारको निर्माण’ विषयक रत्यौली र डोरी तान्ने प्रतियोगितासमेत आयोजना गरिने छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु २० हजार राशिको पुरस्कार पाउने भएका छन् ।

खेल क्षेत्रको विकास गरी प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको राम्जादेउरालीको पर्यटन विकास र प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता प्रचारप्रसार संयोजक रमेश केसीले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey