पुरूष भलिबलकाे सेमिफाइनल समिकरण पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०६
  • |
  • 313 पटक हेरिएको

इलाममा जारी दोस्रो खुला पुरुष भलिवल प्रतियोगिताको लिग चरणका खेल सम्पन्न भएका छन् । आज सम्पन्न लिगका अन्तिम खेलपछि समूह ‘क’ वाट त्रिभुवन आर्मी र झापा विर्तामोडको विमान ट्रेडर्स तथा समूह ‘ख’ वाट सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

समूह ‘क’वाट ३ वटै खेलमा जित निकालेको त्रिभुवन आर्मी समूह विजेता वन्यो । दुवै टिमले ७÷७ अंक बटुल्दा विमान आर्मीसँग उद्घाटन खेलमा पराजित वनेको थियो ।  सूमह विजेता आर्मीले सेमिफाइनलमा समूह ‘ख’ को उपविजेता नेपाल पुलिस क्लव प्रतिद्वन्दी पायो । विमानको प्रतिष्पर्धा समूह ख को विजेता एपिएफसँग हुनेछ ।

यो समूहमा गण्डकी प्रदेशले ३ अंक बटुल्यो भने झापाको गौरादहले १ अंक मात्र जोड्यो । आजको खेलमा आर्मीले गण्डकीको चुनौती पन्छाउने क्रममा २५÷१५, २५÷१८, २१÷२५ र १९÷२५ को नतिजा निकाल्यो । समूह चरणका २ खेल खेलेको गौरादह अन्तिम खेलमा अनुपस्थित रहेपछि विमानले वाकओभरको मौका पायो ।

समूह ‘ख’ अन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लवले दमक नगर भलिवल क्लवलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाएको छ । पुलिसले दमकलाई पराजित गर्ने क्रममा २५÷१५, २५÷१८ र २५÷१६ को नतिजा निस्कियो ।

यो समूहमा एपिएफले ५ अंक वटुल्दै हिजो नै समिफाइनलको यात्रा पक्का पारेको थियो । आर्मी र गण्डकीबीचको खेलमा आर्मीका धनवहादुर भट्ट मेन अफ दि म्याच घोषित भए । नेपाल पुलिस र दमकको खेलमा पुलिसका इम रानाले मेन अफ दि म्याचको पुरस्कार पाए । आइतवार सम्पन्न हुने प्रतियोगिताका विजेताले २ लाख एकहजार र उपबिजेताले १ लाख एकहजार सहित ट्रफि  प्राप्त गर्नेछ । प्रतियोगितामा ७ टिमको सहभागिता छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey