११ बर्ष अगाडी पाँच बर्षमा सक्ने भनेर काम सुरू भएकाे केन्द्रिय खेलकुद प्रतिष्ठानमा अझैपनि बजेट अभाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०६
  • |
  • 456 पटक हेरिएको

राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगीतामा सहभागी नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखी अभ्यास गराउन हेटौँडा–६ गौरीटारमा एघार वर्ष अघि केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण थालीयो ।

पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्न दुई अर्ब ५० करोड लाग्ने अनुमान गरिएको प्रतिष्ठानले ११ वर्ष बित्दा समेत अनुमानित लागत बजेट पाउन सकेन ।

राष्ट्रिय खेलकुद परिषद र बागमती प्रदेश सरकारले केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणका लागिअहीलेसम्म १२ करोड रुपैयाँ लगानी गरेका छन् । प्रतिष्ठानमा एउटा ब्वाईज होस्टल र दुईवटा कभर्ड हलबनेका छन् ।

गत वर्ष प्रदेश सरकारले रनिङ ट्रयाक सहीत रंंगशाला निर्माण गर्न ५ करोड रुपैयाँ छुट्याएपछि फुटबल मैदान निर्माण भएको छ । रनिङ ट्रयाक र प्याराफिट निर्माणका लागि यो आर्थिक वर्षमा २५ करोड बजेट छुट्याई ठेक्का सम्झौता भईसकेको छ ।

कम्पाउण्ड वाल, गेट, ब्वाईज होस्टल र कभर्ड हल संगै शौचालय र स्नानघर बनेका छन । फुटबल रंगशालाको चौर हरीयो पारिएको छ । कभर्ड हल र ब्वाईज होस्टल तयार भईसकेपनि परिषद वा प्रदेश सरकार कसले यो प्रतिष्ठान सञ्चालन गर्ने भन्ने स्पष्ट नहुँदा यो संरचना प्रयोगमा आउन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले २०६६ साल जेठ २८ गते प्रतिष्ठानको सिलन्यास गर्नुभएको थियो । २२ विगाह १९ कट्ठा क्षेत्रफलमा फुटबल रंगशाला, अभ्यास ग्राउण्ड,, क्रिकेट मैदान, स्विमिङ पुल, गल्स एण्ड व्वाइज होस्टल प्रसासनिक भवन लगायतको संरचना निर्माण गर्ने राखेपको योजना थियो ।

तर प्रतिष्ठान निर्माणमा पर्याप्त बजेट र सञ्चालनको निती नबन्दा समस्या देखीएको छ । खेलाडीलाई बन्द प्रशीक्षणमा राख्न निर्माण गरिएको ब्वाइज होस्टल अहीले कोभीडका बिरामी राख्ने आइशोलेशन वार्डका रुपमा प्रयोग भईरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey