पाकिस्तानीलाई टी-२० विश्वकपका बेला भारत प्रवेशमा सहज हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०६
  • |
  • 364 पटक हेरिएको

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष इसान मनीले टी २० विश्वकपका बेला पाकिस्तान टिम, सञ्चारकर्मी र समर्थकलाई भारत प्रवेशमा कठिनाई हुने विषयमा भारतीय क्रिकेट बोर्डले स्पष्टिकरण दिएको छ ।

बीसीसीआईले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीलाई पत्र लेख्दै अक्टोबर र नोभम्बरमा हुने टी २० विश्वकपका बेला पाकिस्तानीलाई भारत प्रवेशमा कुनै कठिनाई नहुने र भारतले खेलकुद प्रतियोगिताका बेला भारतीय अफिसियल, खेलाडी र सञ्चारकर्मीलाई सहज प्रवेश दिने बताएको छ । भारतीय सरकारले आइओसीलाई पत्र लेखेर कुनैपनि टिमलाई विश्वकपका बेला भारत प्रवेशमा रोक नहुने बताए ।

पीसीबीका अध्यक्ष मनीले आफ्नो देशका खेलाडी, अफिसियल र सञ्चारकर्मीलाई भारत प्रवेश गर्दा भिषाको समस्या हुनसक्ने र बीसीसीआईले मार्च ३१ सम्म सहजताका विषयमा ज्ञारेन्टि दिनुपर्ने बताएका थिए । यसका साथै पाकिस्तान क्रिकेट बोर्डले टी २० विश्वकप यूएईमा सार्नुपर्ने धारणा राखेका थिए ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले पनि आइसीसीसँग यो विषयमा कुरा भइसकेको र पाकिस्तानीलाई प्रतियोगिताका बेला भारत आउन कुनै कठिनाई नहुने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey