नेक्सस कप यु सिक्सटीन क्रिकेट १६ गतेदेखि मूलपानीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०५
  • |
  • 639 पटक हेरिएको

नेक्सस क्रिकेट एकेडेमीले नेक्सस कप सिजन फोर टी २० क्रिकेट प्रतियोगिता १६ गतेदेखि आयोजना गर्ने भएको छ ।

हरेक बर्ष अन्डर सिक्सटिन प्रतियोगिता आयोजना गर्दै आएको नेक्ससले यो प्रतियोगिता ३१ गतेसम्म काठमाडौंको मूलपानी मैदानमा आयोजना गर्ने छ । प्रतियोगितामा देशभरका १६ वटा क्रिकेट एकेडेमीहरुले यो प्रतियोगितामा सहभागीता जनाउने छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्राप्त गर्दा उप विजेता हुने टिमले पचहत्तर हजार नगद पुरस्कार पाउने नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए ।

यसैगरी विजेता टिम तथा खेलाडीहरुलाई नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । प्रतियोगितामा हरेक खेलमाम्यान अफ दि म्याच, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यानअफदि सिरीज र ईमर्जीङ प्लेयरको अवार्ड समेत प्रदान गरिनेछ ।
टि ट्वाइन्टी फरम्याटमा लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगितामा दिनमा २ खेल खेलाइनेछ । सहभागि टिम हरुलाई ४ पोलमा बिभाजन गरि खेल तालिका तय गरिएको छ ।

अन्डर सिक्सटिन उमेर समुहको प्रतियोगिताभएकाले प्रतियोगितामा २०६१/११/३०गते भन्दा पछि जन्मभएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्रवा एस इ इको प्रमाणपत्र लगाएत सरकारी कागजपत्रलाई आधार मानिने पनि अध्यक्ष शाहीले बताए ।
प्रतियोगिता खेल्ने १६ टिम यसप्रकार छन् । 
अ‍ेसिस क्रिकेट एकेडेमी काठमाडाैं, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देही, आर एस क्रिकेट क्लब दाङ, वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीबन काठमाण्डौ, ग्रेट हिमालय क्रिकेट एकेडेमी शान्तीनगर काठमाण्डौ, नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, एन सि ए नेपाल काठमाण्डौ, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, बालुवाटा रक्रिकेट क्लब काठमाण्डौ, स्याङजा क्रिकेट क्लब स्याङजा, एन्जल हर्ट स्पोट्स एकेडेमी काठमाण्डौ, नेपाल अन्नपुर्ण युथ क्लब रौटहट, नेक्सस बी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal