एपीएफ सेमिफाइनलमा प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०५
  • |
  • 424 पटक हेरिएको

लिगकम नकआउटको आधारमा हिजो देखि इलाममा सञ्चालित दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला भलिबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफले सेमिफाइनलको यात्रा तय गरेको छ ।

पहिलो खेलमा नेपाल पुलिस क्लवलाई ३-२ को सेटमा हराउदै २ अंक जोडेको एपिएफले आज दमक नगर भलिवल क्लव विरुद्ध ३÷१ सेटको जित निकालेर ५ अंक पुर्याएको हो । समूहमा नेपाल पुलिस क्लवसँग १ अंक छ ।

भोली हुने खेलमा पुलिसले दमक नगर भलिवल क्लवसँग प्रतिष्पर्धा गर्नेछ । दमकले अहिलेसम्म अंक जोड्न सकेको छैन । सूमहमा एपिएफ, पुलिस र दमक सहभागि छन् । एपिएफ र पुलिसमा नेपाली राष्ट्रिय टिमका खेलाडीको बाहुल्य छ भने दमकसँग भारत कोलकत्ताको व्यवसायिक खेलाडीको समूह छ । एपिएफले दमक विरुद्ध २५-२१, २२-२५, २५-१२,२५-१९ को जित निकालेको हो ।

आजै सम्पन्न खेलमा समूह ए को त्रिभुवन आर्मीले प्रतियोगितामा दोस्रो जित निकाल्दै ४ अंक पुर्याएको छ । भारतको हरियाणका खेलाडी सम्मिलित झापाको गौरादह नगर खेलकूद विकास समिति विरुद्ध ३-२ को जित निकाल्दै आर्मीले समिफाइनल यात्राको सम्भावना कायम राखेको हो । उद्घाटन खेलमा झापा विर्तामोडको विमान ट्रेडसलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले २ अंक जोडेको थियो । आजको खेलमा आर्मीले गौरादहलाई पराजित गर्ने क्रममा २५-२०, २२-२५, २३-२५, २५-१४, १५-८ को नतिजा निकाल्यो ।

त्रिभुवन आर्मी, गण्डाकी प्रदेश, गौरादह र विमान ट्रेडर्स सहभागी यो समूहमा सेमिफाइनल समिकरण थप रोचक वनेको छ । उदघाटन खेलमा आर्मीसँग पराजित भारतको दिल्लीका खेलाडी सम्मिलित विर्तामोडको विमान ट्रेडर्सले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सिधा सेटमा पराजित गरेर आर्मीको समान ४ अंक पुर्याएको छ ।

भर्खरै पोखरामा सम्पन्न प्रतियोगितामा च्याम्यिन वनेको गण्डकीले हिजोको खेलमा गौरादहलाई सोझो सेटमा पराजित गर्दै ३ अंक बटुलेको थियो । विमानले गण्डकीलाई रोक्ने क्रममा २५-२०, २५-२३, २५-२३ नतिजा निकाल्यो ।

यो समूहमा भोली आर्मीले गण्डकी र विमानले गौरादहसँगप्रतिष्पर्धा गर्ने छन् । इलाम सदरमुकामको ठूलो टुडिखेलमा सञ्चालित प्रतियोगिताको बिजेताले दुईलाख एकहजार र उपबिजेताले एकलाख एकहजार सहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगितामा ७ टिमको सहभागिता छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey