शुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि भुवनले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०५
  • |
  • 578 पटक हेरिएको

शुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन ।

गोकर्ड गल्फ क्लवमा भएको प्रतियोगितामा शिर्ष स्थानमा रहदै भुवनले उपाधि जिते ।

उनले अन्तिम दिनको खेलमा दुई ओभर ७४ स्कोरका साथ कुल सात अन्डर दुई सय ८१ स्कोरकार्ड खेले ।

उनले दोस्रो स्थानमा रहेका साग दोहोरो स्वर्ण विजेता सुवास तामाङलाई एक सटले पछि पारे ।

सुवासले अन्तिम दिन एक अन्डर ७१ स्कोर गर्दै कुल ६ अन्डरदुई सय ८२ स्कोरकार्ड खेले ।

तेस्रो स्थानमा शुक्रबहादुर राई रहे । उनले कुल दुई अन्डर दुई सय ८६ स्कोरकार्ड खेले ।

उपाधिसँगै भुवनले एक लाख ३० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा कुल ६१ गल्फरको सहभागिता रहेको थियो ।

जसमा चार ब्यवसायीक र १७ एमेच्युर खेलाडीको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey