खेलकुदको बजेट सिलिङ, नवौंदेखि ओलम्पिकसम्मको यात्रा कसरी पार गर्ने ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०५
  • |
  • 589 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । सरकारलाई अहिले आर्थिक बर्ष २०७८-०७९ को बार्षिक बजेट बनाउने चटारोले छोइ सकेको छ ।  तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले यस आर्थिक बर्षका लागि १४ खर्ब ६४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गरेका थिए ।

यसबीचमा खतिवडा त अर्थमन्त्री छैनन् । उनको ठाउँमा विष्णु पौडेल आएका छन् । राजनीतिक समिकरण यस्तै रहे उनले आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते बजेट पेश गर्ने छन् । पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले यता नै मन्त्रालय भने बजेटको तयारीमा जुटि सकेको छ ।

नयाँ आर्थिक बर्षका लागि राष्ट्रिय योजना आयोगले १५ खर्बको बजेट सिलिङ तोकेको छ । त्यसैका आधारमा रहेर नयाँ आर्थिक बर्षका लागि योजनाहरु छनोट गर्ने क्रममा रहेका छन् । युवा तथा खेलकुदमन्त्रालयमा २ अर्ब ३६ करोडको बजेट परेको थियो ।

यसमा पनि खेलकुद तर्फ १ अर्ब ४७ करोडको बजेट आएको थियो । तर, कोरोना महामारीका कारण त्यही बजेट पनि खर्च हुने अवस्था रहेन । खेलकुदमन्त्रालयले राखेपसँग भएको छलफलमा नयाँ आर्थिक बर्षका लागि ५ प्रतिशत मात्रै बजेट बढेर आउने र त्यसका लागि कार्यक्रम दिन भनेको छ । यस्तोमा राखेप अहिले के कार्यक्रम हाल्ने भन्नेमा अन्योलमा छ ।

सरकारले तोेकेको सिलिङ एकदमै कम भएको बताउँदै यसले एक चौथाई पनि नपुग्ने राखेपका सदस्यसचिव रमेश सिलवालले जानकारी दिए । उनले भने ‘बजेटको सिलिङ एक दमै कम छ, यस विषयमा अर्थमन्त्रीसँग पनि छलफल गरेको छु ।’ बजेट आउँदासम्म बढोत्तरी गर्ने आश्वासन आफूले पाएको बताउँदै कति बढेर आउँछ त्योभ ने अहिले भन्न नसकिने पनि उनले बताए ।

योजना आयोगका अनुसार खेलकुदको क्षेत्रमा गत बर्षको भन्दा ७ करोड ३५ लाख रुपैयाँ बढी आउने छ । अहिले राखेपलाई पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र सम्पन्न गर्नुपर्ने छ । त्यसका लागि पूर्वाधारको काम अहिले पोखरामा चलिरहेको छ । कति यो आर्थिक बर्षमा सकिने अवस्थामा छन् भने कति अर्को आर्थिक बर्षमा पनि गर्नुपर्ने अवस्था रहेको छ । यसैगरी प्रतियोगिताको पूर्वाधार निर्माण बाहेकका अन्य तयारीमा पनि ठूलो रकम खर्च हुने भएकाले प्रतियोगिताका लागि बजेट कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिने सदस्य सचिव सिलवालले बताए ।

तर, विगतको ट्रेन्ड अनुसार पछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा त्यसका लागि छुट्टै बजेट निकासा गर्ने जवाफ पाएको पनि सदस्य सचिवले बताए ।

यस्तै, २ वर्षपछि कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भनेर आठौं राष्ट्रिय खेलकुदको समापन समारोह बाँकेको नेपालगञ्जमै घोषणा गरिएको थियो । त्यतिबेला पालो अनसार प्रत्यय प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्दा पूर्वाधार निर्माणले पनि गति लिन्छ भन्ने आशयका साथ यसको शुरुवात भएको थियो ।

त्यो भनेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएको २ वर्ष पछि कर्णाली प्रदेशका सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने छ । त्यसका लागि पूर्वाधार निर्माणका कामहरु गर्न बाँकी छ । सुर्खेतमा खेलकुदका केही पूर्वाधारहरु रहे पनि त्यस आसपासका जिल्लाहरुका पूर्वाधार निर्माणका लागि शुरु देखिनै काम गर्नुपर्ने छ । त्यसका लागि पनि बजेटको व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ ।

यसैगरी पाकिस्तानमा आयोजना हुने १४ औं दक्षिण एशियाली खेलकुद सागका लागि पनि आउँदो आर्थिक बर्षमा नेपालले तयारी र सहभागीता जनाउनु पर्ने अवस्था रहेको छ । त्यसका लागि पनि बजेटको तयारी गर्नुपर्ने अवस्थामा राखेप र खेलकुद मन्त्रालयले सोँच्नु पर्ने अवस्था छ ।

यसैगरी एसियन गेमको तयारी र सहभागीताका लागि तयारी र सहभागीता जनाउनका लागि पनि बजेटको आवश्यकता रहेको छ भने ओलम्पिकमा पनि नेपाली सहभागीताका लागि बजेटको आवश्यकता रहेको राखेपले जनाएको छ ।

हालै प्रधानमन्त्रीले झापामा घोषणा गरेको रंगशाला निर्माणको कामलाई आउँदो आर्थिक बर्षमा बजेट विनियोजन गर्ने तयारी गरिएको छ भने पोखरा रंगशालामा फ्लर्ड लाइट जडान, स्वीमिङ पुल निर्माण र सुटिङ रेञ्जको काम बाँकी छ । नवौं राष्ट्रिय खेलकुदका लागि फ्लर्ड लाइटको आवश्यकता नपरे पनि अन्तर्राष्ट्रिय स्तरको रंगशालाका लागि त्यो पूर्वाधार आवश्यक रहेको सदस्य सचिव सिलवालले बताए । यसैगरी स्वीमिङ पुल र सुटिङ रेञ्जका लागि बजेट निकासा हुने बताए ।

यसैगरी आउँदो आर्थिक बर्षमा राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको मूलपानी मैदानका लागि बजेट ब्यवस्थापन गर्नुपर्ने छ । सदस्य सचिव सिलवालले अबको २ बर्षभित्र मूलपानी मैदानको काम सम्पन्न गर्ने गरि सरकारले बजेट ब्यवस्थापन गर्ने जानकारी दिए । यसैगरी भलिबलको कर्भडहल निर्माण पनि दुई वर्ष भित्र पुरा गर्ने गरि यो वर्षको बजेटमा पार्ने तयारी गरिएको पनि जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal